इन्सेक गतिविधि

०७५ पुस २४ गते

बाल अधिकार तथा क्षमता अभिबृद्वि तालिम सुरू

दिगो विकासका लागि बालबालिकामा लगानी आवश्यक रहेको नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले बताएका छन् ।

सिरहाको लहानमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुर कार्यालयद्वारा पुस २३ गतेदेखि सुरू गरिएको तालिमा गुप्ताले मधेशमा छोरीलाई पढाउन अहिले पनि कञ्जुस्याइँ गरिरहेकोले मधेशमा शिक्षाको पहुँचबाट महिलाहरू अहिले पनि टाढा रहेको धारणा राखे ।

Photo20190108Siraha (1)

शिक्षाले नै समाज र देश परिवर्तन गर्ने भएको हुँदा महिला र पुरूषको शिक्षामा समान रूपमा पहुँच हुनुपर्नेमा उनले जोड दिए ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बाल अधिकारका लागि बाल अधिकार चेतना समूहका सदस्यहरूले विद्यालय र समाजमा योग्दान दिनु पर्नेमा जोड दिए ।

Photo20190108Siraha (2)

अहिले पनि धेरै बालबालिकाहरू विद्यालय आउन नसकेको हुँदा विद्यालय आउन नसकेका बालबालिकालाई विद्यालयमा पढ्न आउन प्रेरित गर्न बाल अधिकार चेतना समूहलाई उनले अनुरोध गरे ।

तालिममा इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर बिजय कुमार यादवले बालबालिका नै समाज परिवर्तनको संवाहक हुने भएको हुँदा बालबालिकामा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । बालबालिकालाई सही मार्ग निर्देश गर्ने अभिभावक समेत सचेत हुनुपर्ने उनले बताए ।

Photo20190108Siraha (3)

तालिममा इन्सेक अभियान, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बाल यौन दुर्व्यवहार, भित्ते पत्रिका लेखन, बाल अधिकार महासन्धि, बालबालिकासम्बन्धी बनेको ऐन, बालश्रम, बाल अधिकार चेतना समूहका वाषिर्क कार्ययोजना लगायतको सवालमा तालिममा सहजीकरण भइरहेको आयोजकले जनाएको छ ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुर

इन्सेक गतिविधिहरू

स्थानीय सरकार र नागरिक समाजबीचको अन्तक्रिया सम्पन्न

प्रदेश ३ का सभासद दीपक निरौलाले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले विकासम....

विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्र....

नागरिक समाज र स्थानीय सरकार मिलेर जानुपर्छः जिसस प्रमुख 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय....

मानव अधिकार निगरानी समूह गठन तथा कियोसको परिचयात्मक कार्यक्रम सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत....

 खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख ....






Top