बाल अधिकार चेतना समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ स्थित अमर माविमा बाल अधिकार चेतना समूह गठन गरिएको छ ।
विद्यालयमा माघ ८ गते इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको बाल अधिकार सचेतना समुह गठन कार्यक्रममा संयोग हटुवालको अध्यक्षतामा १९ सदस्यीय बाल अधिकार चेतना समुह गठन भएको छ ।
समूहको उपाध्यक्षमा कृतिका खुलाल, सचिव बिनु बि.क, कोषाध्यक्ष आयुष्मा भण्डारी र सहसचिव पूर्णिमा बि.क चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा राशीका भट्टराई, सुबास थिङ, निर्जल बिडारी, सन्श्री लामा, अप्सरा जिम्बा, अन्जना बल, रचना कार्की, पाल्जोर जिम्बा, दिपेश दुलाल, सेजल बि.क, सृष्टि मगर, शिशीर सापकोटा, करेष्मा तामाङ र कबिता लोप्चन रहनुभएको छ ।
कार्यक्रममा इन्सेक प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले बाल अधिकार चेतना समूहले विद्यालयमा हुने विभिन्न कृयाकलापमा सहभागीता जनाउने र व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । समूहले शैक्षिक वातावरणमा सकरात्मक सहयोग गर्ने अपेक्षा राखेको विद्यालयका सहायक प्रधानाध्यापक विश्वराज भण्डारीले बताउनुभयो । विद्यालय प्रशासनलाई सचेत पार्दै बालमैत्री विद्यालय निर्माणमा सहयोगी भूमिका खेल्नुपर्ने सहायक प्रध्यानाध्यपक भण्डारीले बताउनुभयो । कार्यक्रममा विद्यालयका शिक्षा संयोजक शिक्षक रमेशकुमार बर्तौला,अतिरीक्त कार्यक्रम संयोजक शिक्षक डी.बी बर्तौला, इन्सेक बागमती प्रदेश प्रलेख अधिकृत सरिता दाहाल, इएलपी परियोजना सहजकर्ता सलीना गौतमलगायतको सहभागीता थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको…