बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न 

  ०७५ पुस १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरधामको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम जितपुर सिमरा उमनपा–१७ जैतापुरमा पुस १० गते सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत विद्यालयका बाल अधिकार सचेतना समूहका सदस्य र संरक्षक शिक्षकहरूको क्षमता अभिबृृद्धिका लागि पुनर्ताजगी तालिमको आयोजना गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

तालिम समापन कार्यक्रममा बारा क्षेत्र नं. ३ (क) प्रदेश २ का प्रदेश सभा सदस्य ज्वाला साहले सङ्घीय र प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरे अनुरूप उपलब्धि हासिल हुन नसकेको बताइन् ।

बालबालिका देशको कर्णधार भएको भन्दै प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनु पर्नेमा प्रदेश सभा सदस्य साहले जोड दिइन् ।

इन्सेकले सञ्चालन गरेको यो परियोजना जिल्लाका अन्य स्थानीय तहमा पनि सञ्चालन गर्न उनले सुझव दिइन् ।

त्यसका लागि आफ्नो निर्वाचन क्षेत्र वा यस जिल्लामा आफूले पूर्ण रूपमा सहयोग गर्ने उनल बताइन् ।

नेपाल सरकार पक्ष राष्ट्र भएको बाल अधिकारसम्बन्धी महासन्धि, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन तथा नियमावलीका बारेमा बालबालिका जानकार भएको जितपुर सिमरा उमनपा–१७ का वडा अध्यक्ष नवराज खड्काले बताए ।

बालबालिका, शिक्षक, विद्यालय ब्यावस्थापन समिति र स्थनीय तहको जिम्मेवारी प्रशिक्षणमा समावेश गरी कार्य योजना बनाएकाले योजना अनुसार कार्य गर्न वडा अध्यक्ष खड्काले आग्रह गरे ।

तालिम सकिए पनि बालबालिकाको जिम्मेवारी सुरू भएको नेपल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरका विद्यायल व्यवस्थापन समितिका अध्यक्ष जिय रामले बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै उनले विद्यालय र समाजमा रहेका कुरिती हटाउन बालबालिकाले नेतृत्व लिनु पर्ने बताए ।

आफूले सिकेका सबै विषय विद्यालयका बालबालिका र शिक्षकलाई सिकाउन जैतापुरका प्रधानाध्यापक दिपेन्द्र महतोले आग्रह गरे ।

इन्सेक प्रदेश २ कर्यालय जनकपुरधामको आयोजनामा सञ्चालित तालिममा खम्वा, भोडहा, जैतकापुर र मनहर्वाका ४० जना बालबालिका र संरक्षक शिक्षकहरूको सहभागिता रहेको कार्यालयका अधिकृत जागेश्वर यादवले बतए ।

इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामका संयोजक पासवान र कार्यक्रम अधिकृत यादव, इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेल लगायतले प्रशिक्षण दिएको संरक्षक शिक्षक रामाकान्त चौधरीले बताए । क्षमता अभिवृद्धि तालिम ०७५ पुस ९ गतेबाट सुरू भएको थियो ।

भोलानाथ पौडेल