बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

  ०७६ माघ २४ गते

अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा इएलपी परियोजना अन्तर्गत बाल अधिकार चेतना  समुहका पदाधिकारीहरुका लागि क्षमता  अभिबृद्धि तालिम धनगढीमा माघ २४ गते सम्पन्न भएको छ ।

कृष्णपुर नगरपालिका—४ कृष्ण माध्यामिक विद्यालयका शिक्षक लोकमणी चौधरीले कार्यक्रमको समापनमा बोल्दै समग्रमा कार्यक्रम उपलब्धीमूलक रहेको र दुई दिनमा सिकेका  कुरालाई व्यवहारिकतामा लागु गर्न आफूले अहम भुमिका निर्भाह गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

गौरीगंगा नगरपालिका—१ पशुपति माध्यमिक विद्यालयका शिक्षक लक्ष्मी जोशी भट्टले विद्यालयमा विद्यार्थीहरुलाई सिकेका  कुरालाई ब्यवहारिक बनाउन आफूले सदवै सहयोग  गर्ने प्रतिवद्धता जाहेर गर्दै  कार्यक्रम आयोजना गरेकोमा इन्सेकलाई धन्यबाद दिनु भयो ।

पुर्नवास नगरपालिका—१० विजय माध्यमिक विद्यालयका शिक्षक रोहित भट्टले क्षमता अभिबृद्धि तालिममा  आफूले पनि  नयाँ कुरा सिक्ने अवसर पाएको बताउँदै अगामि दिनमा  इन्सेकलाई विद्यालय स्तरिय कार्यक्रम सञ्चालनका लागि अनुरोध गर्नु भयो ।

गोदावरी नगरपालिका—५ सिद्धबाबा माध्यमिक विद्यालयका शिक्षक राजबहादुर कठायतले बाल अधिकार तालिम उपलब्धीमूलक रहेको बताउनु भयो ।

बाल अधिकार चेतना समुहकी सदस्य मिना भट्टले इन्सेकले सञ्चालन गरेका दुई दिने तालिम आफू लगायत सम्पुर्ण सहभागि विद्यार्थीहरुका लागि महत्वपुर्ण रहेको बताउँदै तालिममा सिकेका विषयहरुलाई व्यवहारमा लागु गर्न सम्पुर्ण सहभागिहरुमा अनुरोध गर्नु भएको थियो ।

दुई दिनसम्म सञ्चालन गरिएको क्षमता अभिबृद्धि तालिममा इन्सेक अभियान, बाल अधिकार कार्यक्रम, बाल अधिकारको बिकासक्रम, बाल अधिकारसम्बन्धि अन्तराष्ट्रिय कानुन, नेपालमा  बाल अधिकार सम्बन्धि कानुनी ब्यवस्था, बालश्रम, कारण र परिणाम बिषयमा इन्सेक  प्रदेश संयोजक  खडकराज जोशीले सहजीकरण  गर्नु भएको थियो ।

बालक के हो ? र बाल अधिकार के हो ?  बिषयमा एड्जस नेपालकी अध्यक्ष चित्रा पनेरु र बाल अधिकार चेतना समुह सञ्चालन प्रकृया र यसको जिम्मेवारीका बारेमा इन्सेक कञ्चनपुर जिल्ला  सहजकर्ता कैलाश पनेरुले सहजीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा  कञ्चनपुर र कैलाली जिल्लाबाट बाल अधिकार चेतना समुहका पदाधिकारी र शिक्षकहरुको सहभागी  रहेको थियो ।

photo20200207kailali (1) photo20200207kailali (2) photo20200207kailali3

मैनामोती चौधरी