बाल अधिकार चेतना समुहको क्षमता अभिवृद्वि तालिम सम्पन्न

  ०७६ फागुन ५ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आयोजित बाल अधिकार चेतना समुहको क्षमता अभिवृद्वि तालिम फागुन ३ गते डडेल्धुरामा सम्पन्न भएको छ ।

इएलपी परियोजना अन्तर्गत डडेल्धुरा, बैतडी र डोटिमा गठित बाल अधिकार चेतना समुहका पदाधिकाहरूको क्षमता अभिवृद्विका लागि तालिमको संचालन गरिएको इन्सेक प्रदेश संयोजक खड्कराज जोशीले बताउनु भयो  ।

शिक्षक अभिभावक एवम् विद्यार्थीहरूका काम,कर्तव्य र अधिकारका बारेमा समेत तालिका सहभागी शिक्षक तथा चेतना समुहका पदाधिकारीहरूलाई जानकारी दिएको संयोजक जोशीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै उग्रतारा माध्यमिक विद्यालयका संरक्षक शिक्षक धर्मानन्द ओझाले तालिमबाट आफूले सिकेका कुराहरूलाई व्यवहारमा लागु गरी आफ्नो विद्यालयमा गठन गरिएको बाल अधिकार चेतना समुहलाई सक्रिय बनाउनुका साथै चेतना समुहमार्फत नमुना भित्ते पत्रिका प्रकाशन गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रमा सहभागी बाल अधिकार चेतना समुहकी सदस्य रेजीना टेलरले आफूले दुई दिनसम्म सिकेका कुराहरूलाई विद्यालयमा गई अन्य साथीहरूलाई प्रदान गरी बाल अधिकार चेतना समुहमार्फत विद्यालयमा विभिन्न गतिविधिहरू संचालन गरिने बताइन् ।

दुई दिनसम्म संचालन भएको तालिममा इन्सेक अभियान, बाल अधिकार कार्यक्रम, बाल अधिकारको बिकासक्रम, बाल अधिकारसम्बन्धि अन्तराष्ट्रिय कानुन, नेपालमा बाल अधिकार सम्बन्धि कानुनी ब्यवस्था, बालश्रम र भित्ते पत्रिका प्रकाशनका  बिषयमा सहभागीहरूसँग छलफल गरिएको थियो ।

photo20200217 (1) photo20200217 (2) photo20200217 (3)

 

भुपेन्द्र बिष्ट