बालबालिकाको शिक्षाले परिवारको सुख फर्किन सक्छः अध्यक्ष मल्ल

  ०७६ असोज २६ गते

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गरिब बालबालिकाका लागि राम्रो शिक्षा दिन सके परिवारको सुख फर्किने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डुङ्गेश्वर गाउँपालिकामा असोज २६ गते आयोजना गरेको इएलपी परियोजना परिचय तथा मानव अधिकार निगरानी समूह गठन कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

नागरिकलाई उत्पादनमूलक काम प्रेरित गर्न गरिब परिवारका बालबालिकालाई शिक्षा दिएर समृद्धि ल्याउन गाउँपालिकाले शिक्षामा लगानी केन्द्रित गरेको बताउँदै अध्यक्ष मल्लले भूमिहीन र आवासको समस्या भएका दलितहरूका समस्या समाधानका निम्ति सहयोग गर्न तयार रहेको बताए ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले संविधानमा आवासको अधिकार व्यवस्था भएको तर कतिपय गरिब तथा भूमिहीनले आवासको सुविधा नपाएको अवस्थामा इएलपी कार्यक्रमले वकालत तथा पैरवी गर्ने जनाए ।

कार्यक्रममा अधिकारकर्मी मीना बिकको संयोजकत्वमा नौ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
समूहको उपाध्यक्ष प्रेमबहादुर बादी, समस्यहरू मीना बादी, सुनिता सोनी, बिष्णा बादी, पूर्णिमा गुरुङ्ग, रेखा थापा, गोवद्र्धन गाइने र नन्दा गन्धर्व चयन भएका छन् ।

समूहले डुङ्गेश्वर गाउँपालिका स्तरमा आवास अधिकार सँगसँगै मानव अधिकार विभिन्न सवालमा पैरवी इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता सीता बुढाले बताइन् ।

photo20191013dailekh (1)

photo20191013dailekh (2)

photo20191013dailekh (3)

अमर सुनार