इन्सेक गतिविधि

०७५ पुस २१ गते

बजार अनुगमन नियमित र ट्युसन कक्षालाई निरूत्साहित गर्ने प्रतिबद्धता

गुर्भाकोट नपाका प्रमुख हस्त पुनले गुर्भाकोट नपा क्षेत्रमा नियमित बजार अनुगमन र ट्युसन कक्षालाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २० गते साहारेमा सम्पन्न शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख पुनले गुर्भाकोट नपाका सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना छोराछोरीलाई बोर्डिङ्गमा अध्यापन गराउने कार्यलाई रोक्ने, सामुदायिक विद्यालयका व्यवस्थापन समिति र अभिभावकलाई आफ्नो विद्यालयप्रति जिम्मेवार बनाउन आवश्यक कदम चाल्ने तथा स्वास्थ्य बीमा गर्ने प्रक्रियालाई तत्काल प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख जबाफदेही समेत रहेका प्रमुख पुनले सङ्क्रमणकालिन अधिकार प्रत्योजनका कारण गुर्भाकोट नपामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा उदाहरणीय कार्य गर्न नसकेको चर्चा पनि गरेका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख धीरजङ्ग शाह, गुर्भाकोट नपा स्वास्थ्य प्रमुख किरण वली, श्रोत व्यक्ति सुरेन्द्र भण्डारी, पशुसेवा प्रमुख ओमप्रकाश वली तथा गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडाका अध्यक्षहरूले समेत आपूmहरू माथि उठाइएका सवालका जबाफ दिएका थिए ।

कार्यक्रममा गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडाका मानव अधिकार निगरानी समूहका सदस्य, बाल अधिकार चेतना समूहका सदस्य, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र स्थानीय सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।

photo20190105surkhet (1)

photo20190105surkhet (2)

दुर्गा थापा

इन्सेक गतिविधिहरू

स्थानीय सरकार र नागरिक समाजबीचको अन्तक्रिया सम्पन्न

प्रदेश ३ का सभासद दीपक निरौलाले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले विकासम....

विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्र....

नागरिक समाज र स्थानीय सरकार मिलेर जानुपर्छः जिसस प्रमुख 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय....

मानव अधिकार निगरानी समूह गठन तथा कियोसको परिचयात्मक कार्यक्रम सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत....

 खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख ....






Top