फेदिखोला गाउँपालिकामा इन्सेकद्वारा टेलिभिजन संवाद कार्यक्रम सम्पन्न

  ०७६ मङ्सिर २४ गते

फेदिखोला गाँउपालिकामा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार विषयक टेलिभिजन संवाद कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ ।

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

इन्सेकको आयोजनामा भएको सो कार्यक्रममा स्थानीय बासिन्दाले बजारमा उपभोग्य सामग्रीको मूल्यमा एकरुपता नभएको, एउटै पसलबाट खाद्यअखाद्य वस्तुहरु विक्री वितरण भइरहेकोले यस प्रकारका कार्यलाई तत्कालै रोक्न माग गरे ।

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहँुदा पठनपाठनमा समस्या भएको गुनासो गर्नुभएको थियो ।

सहभागीहरुले गाउँपालिकाले विकास निर्माणका साथै अन्य जनतासँग प्रत्यक्ष जोडिएका खाद्य, स्वास्थ्य र शिक्षा लगायतका पक्षमा पनि ध्यान पु¥याउनुपर्ने बताएका थिए ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कार्यक्रममा ज्यादै महत्वपुर्ण विषयहरुमा कुरा उठेको बताउँदै गाउँपालिकाका जनताको शिक्षा, स्वास्थ्य, खाद्य लगायतका सबै अधिकारप्रति गाउँपालिकाको तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सुवेदीले इन्सेकले जनताको प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषयको उठान गरेकोमा धन्यवाद दिँदै सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश पोखराका संयोजक शिव खकुरेलले इन्सेकले जनताका अधिकारलाई स्थापित गर्नको लागि स्थानीय तहहरूसँग सहकार्य गरेर काम गर्दै आएको बताउनुभएको थियो ।

photo20191210syangja1

photo20191210syangja2

photo20191210syangja3

photo20191210syangja4

photo20191210syangja5

हिमलाल पराजुली