प्राविधिकका कारण ८० वर्षीय भूकम्प पीडित जेष्ठ नागरिकको छाप्रको बास !
असारमा घर ढलान सकेर भूकम्प प्रभावित लाभग्राहीको दोश्रो किस्ता रकम माग गर्दा हालसम्म नआएकोले जस्ताको छाना मुनीको बास बस्नु परेको भीमेश्वर नगरपालिका–५ का ८० वर्षीय जङ्गबहादुर बस्नेतले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक ३० गते भीमेश्वर नगरपालिका–५ माटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बस्नेतले भने–‘ऋण माग्ने ठाउँ छैन । पहिले ऋण लिएर घर बनाएकोमा सहकारीको किस्ता तिर्न सकिएन । झ्याल ढोका हाल्न नसकेर जस्ताकै बार र छाना भएको छाप्रामा बास छ ।’
उनका अनुसार प्राविधिकलाई बारम्बार अनुरोध गर्दा समयमा आएर सुझाव नदिने, घर बनाइसकेपछि मापदण्ड मिलेन भने । त्यसपछि ४० हजार रुपियाँ थप लगानी गरेर मापदण्ड अनुसारको घर असारमा सम्पन्न गरियो । तर, हालसम्म दोश्रो किस्ता निकासा भएन ।
सोही वडाका रामचन्द्र केसीले प्राविधिक वडा कार्यालयमा नआउने, लाभग्राहीको घर निरीक्षण र प्राविधिक सल्लाह नदिने, मापदण्ड अनुसारको घर बनाउँदा समेत निजी कम्पनीमार्फत नक्सा बनाउनु पर्ने बोझ थपिएको छ भन्दै फागुनमा आवास सम्पन्न भएको सिफारिस भएको तर हालसम्म रकम निकासा नभएको गुनासो गरे ।
भूकम्प पीडित सुरज केसीले हरेक हप्ता मङ्गलबार र बिहीबार प्राविधिक वडा कार्यालयमा बस्ने र अरू बार लाभग्राहीको घर टोलमा गएर प्राविधिक सल्लाह र अनुगमन गर्ने भनिएकोमा प्राविधिकको मुख देख्नु त कता हो कता फोन पनि नउठाउने गरेकाले लाभग्रहीले समयमा आवास निर्माण गर्न नसकेको गुनासो गरे ।
सोही वडाका भिमबहादुर राउतले भने–‘ढुङ्गा र माटोले बनेको घर पुरै भत्किएको छ, गुनासो फाराम भरेको धेरै भयो कहिलेसम्म सुनुवाइ हुन्छ ?’ लालबहादुर बस्नेतले गुनासो फाराम भरेको एक वर्ष बढी भइसक्दा पनि कुनै सुनुवाई नभएको आरोप लगाए ।
कार्यक्रममा सेवा प्रदायक निकाय भीमेश्वर नगरपालिका–५ का वडा अध्यक्ष रामचन्द्र बस्नेतले–‘नाममा स्थानीय सरकार भनिएको छ तर अधिकारविहीन अवस्थामा स्थानीय सरकार छ । प्राविधिक कठिनाई कम गर्न स्थानीय तहवाट प्रयास गरिएको छ । तर, प्राविधिक नियमित नबसेको गुनासो पहिले पनि आएको थियो । यस्तै अवस्था रहेमा अर्को विकल्प सोच्नु पर्छ ।’
वडा अध्यक्ष बस्नेतले स्थानीय सरकार पीडितको घर भूकम्प प्रतिरोधी होस्, मापदण्ड पुर्याएर घर बनाउनु पर्छ भन्ने मान्यता रहेता पनि कतिपय लाभग्राहीहरू प्राविधिकको अनुपस्थितिमा कम खर्चमा कमजोर घर बनाउने प्रवृत्ति देखिएकोले पनि यस्ता समस्या आएको बताए ।
भीमेश्वर नगरपालिका–५ मा १ सय ६० भूकम्प पीडितको केन्द्रिय तहबाट गुनासो अभैm सुनुवाइ नभएकोमा उनले दुःख व्यक्त गरे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका इञ्जिनियर भोगेन्द्रकुमार शाहले प्राविधिक अनुगमन र वडाको सिफारिस प्राप्त भएको बढीमा १५ दिनमा भूकम्प पीडित लाभग्राहीको खातामा रकम जम्मा गर्ने व्यवस्था रहेकोमा किन यति लामो समय रकम निकासा हुन सकेन भन्ने प्रतिप्रश्न गरे ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते…