प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा चैत ५ गते उत्तरगया गाउँपालिका ४ मा गरिएको “विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य” विषयका अन्तरक्रिया कार्यक्रममा प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक हुने सरोकारवालाले बताएका छन् ।
कार्यक्रममा विकास निर्माण तथा अन्य कार्यमा हुने ढिलासुस्ती र अनियमितता रोक्न नागरिक समाज र सञ्चार जगतबीच सहकार्यले सम्भव रहेको सरोकारवालाहरुले बताएका हुन् ।
उत्तरगया गाउँपालिका ४ का युवप्रसाद न्यौपानेले यहाँ निर्माण भएको स्वास्थ्यचौकी भवन चाँडै जिर्ण भएको, सोलार, शौचालय, पानीको समस्या गरेको विषयमा ध्यान दिनुपर्ने बताए । स्थानीय सन्तोषी आचार्यले कृषिका समस्या र कृषकका सफलता पनि मिडियाले समेट्नु पर्ने बताइन् ।
सहभागी सुशील नगरकोटीले सञ्चार माध्यमले नकरात्मक विषय धेरै उठान गरेकोले सफलताका कुराहरु र प्रगति पनि समेट्नु पर्ने बताए ।
महिला अधिकारकर्मी मीठू वाइवाले मिडियाले विकास निर्माणमा पनि निगरानी राख्नु पर्ने बताउँदै उत्तरगया र कालिका गाउँपालिकामा बाँदर, बँदेल र दुम्सीको समस्याले खेतीबाली नष्ट गरेर हैरान परेको विषय मिडियाले उठाउनुपर्ने बताइन् । दिनुभर बाँदर त धपाउन सकिन्छ रातभर बँदेल र दुम्सीले खेतीबाली खाएर नष्ट गरिदिनाले यस क्षेत्रमा किसान हैरान भएको विषयमा गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जमा निवेदन दिएपनि वास्ता नभएको उनले बताइन् ।
गैरसरकारी संस्था महासंघका रामशरण न्यौपानेले अनलाइन मिडिया छाडा भएको आरोप लगाए । उनले भने“सरकारी बजेट प्रति ध्यान नदिइकन धेरै गैरसरकारी संस्थाको बजेट प्रति नकारात्मक दृष्टिले हेरिएको छ । सरकारले पनि पारदर्शी हुनुपर्छ ।”
उत्तरगया गाउँपालिका ४ का वडा अध्यक्ष केशरबहादुर बुलुनले लक्षित वर्गको कार्यक्रम तयार गर्न लागेकोले प्रस्ताव पेश गर्न आग्रह गरे ।
हेमनाथ खतिवडा
संबंधित इन्सेक गतिविधिहरू
मानवीय विकासको आवश्यकता छः सांसद कोइराला
गण्डकी प्रदेश सभा सांसद प्रभा कोइरालाले भौतिक विकाससँगै मानवीय विकास अबको आवश्यकता भएको बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा गरिएको परियोजना परिचयात्मक कार्यक्रम तथा मानव…
अधिकार कार्यान्वयन गर्न सहज नभएको जनप्रतिनिधिको गुनासो
मानव अधिकार कार्यान्वयन गर्न स्थानीय सरकारलाई राज्यले बन्धनमा पारेको एक कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले बताउनुुभएको छ । इन्सेक सल्यानले मङ्सिर १९ गते बनगाड कुपिण्डे नगरपालिकामा आयोजना गरेको मानव अधिकारको अवस्था र…
विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो
राप्तिसोनारी गाउँपालिकामा रहेका विद्यालयहरू अपाङ्गमैत्री नभएको एक कार्यक्रमका सहभागी अपाङ्गता भएका व्यक्तिहरूको गुनासो रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १९ गते आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र…
शिक्षा स्वास्थ्य तथा खाद्य अधिकार सुनिश्चितताका लागि सहकार्य गर्ने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले नगरपालिकामा रहेका जनताको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सुनिश्चितताका लागि इन्सेकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय,…
प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ चिकित्सक व्यवस्था गर्ने प्रतिबद्धता
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमले प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्यकर्मी तत्काल व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इन्सेक नेपालगञ्जद्वारा मङ्सिर २० गते आयोजित स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा…