पूर्व समीक्षा कार्यक्रम समपन्न

  ०७३ मङ्सिर २५ गते

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सिरहामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते लहानमा सम्पन्न गरिएको छ ।

photo20161210siraha

कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । यस वर्ष १ सय ९ ओटा घटना अभिलेख गरिएको छ ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका प्रमुख पवन गुप्ताले आफूले मानव अधिकारमैत्री ढङ्गले काम गर्ने गरेको बताए । उनले सिरहा जिल्लामा मानव अधिकारको अवस्था कुन रूपमा रहेको भनेर विश्लेषण गरी समाधानको लागि समेत योजनाबद्ध ढङ्गले लाग्नुपर्ने बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले वर्ष पुस्तकलाई आफूले गाइडलाइनको रूपमा प्रयोग गर्ने गरेको बताए । अहिले नेपाल प्रहरीले प्रविधिमूखि अनुसन्धान सुरु गरेकाले यातनाको घटनामा कमी आएको बताए ।

कार्यक्रममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत देवराज पोखरेलले इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तकमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समावेश गर्ने गरेको बताए ।

दुर्गा परियार