पीसीआर परीक्षण सहज बनाउन मानव अधिकारकर्मीहरूको माग
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्लामा क्रियाशील मानव अधिकार रक्षकहरूले कोभिड–१९ को परीक्षण सहज बनाउन तथा निःशुल्क कोभिड–१९को उपचार व्यवहारमा कार्यान्यवन गर्न माग गरेका छन् ।
डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले कात्तिक २७ गते महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र भूमिका समीक्षा बैठकका सहभागीहरूले कोभिड–१९ को पीसीआर परीक्षण सहज बनाउन तथा निःशुल्क कोभिड–१९ को उपचार व्यवहारिक रुपमा कार्यान्यवन गर्न माग गरेका हुन् ।
मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका संयोजक पुनमसिह चन्दले जिल्लास्तरमा लैङ्गिक हिंसा प्रभावितहरूका लागि सुरक्षित आवास गृह नभएका कारण महिला अधिकारका क्षेत्रमा काम गर्ने अधिकार रक्षकहरूलाई समस्या भएको बताउनुभयो ।
संयोजक चन्दले सुरक्षित आवास गृह नभएका कारण पीडितहरूलाई सुरक्षित राख्न कता पठाउने भन्ने समस्या हुने बताउनुभयो ।
यसैगरी मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका सदस्य उद्धबराज भट्टले जिल्लामा कोभिड–१९ को परीक्षण प्रयोगशाला नभएका कारण चाडोँभन्दा चाँडो कञ्चनपुरमा पीसीआर परीक्षण सुरू गर्नका साथै कोभिड–१९ को निःशुल्क उपचार व्यवहारिक रुपमा कार्यान्यवन गर्नुपर्ने बताउनुभयो ।
बैठकबाट जिल्लास्तरमा लैङ्गिक हिंसा प्रभावितहरूका लागि सुरक्षित आवास गृह स्थापनका लागि समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने, पीसीआर परीक्षण सहज बनाउन तथा निःशुल्क उपचार व्यवहारमा कार्यान्यवनका लागि सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको संयोजक पुनमसिंह चन्दले बताउनुभयो ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया गुल्मीमा वैशाख ८ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि टोपलाल अर्यालले गृह मन्त्रालयले हालै जारी गरेको ‘मानव…
मानव अधिकार संयन्त्रसम्बन्धी तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरुलाई मानव अधिकार संयन्त्रसम्बन्धी पाँच दिने तालिम वैशाख ७…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम वैशाख ७ गते…
मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणमा राज्यको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ६ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका वक्ताहरूले नागरिक…