पीडितहरूको सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए र सिसुको सहयोगमा पीडितहरूकोे सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम चैत ११ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।
इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले बैजनाथ गाउँपालिका र डुडुवा गाउँपालिकामा गठन गरिएका मानव अधिकार रक्षकहरूको ज्ञान, सिप र क्षमताको बिकास गरी पीडितहरूको सुरक्षा तथा न्यायका लागि महत्वपूर्ण भूमिका खेल्न सकुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख झङ्करबहादुर रावलले मानव अधिकार रक्षक सम्बन्धि निर्देशिका तथा पीडितहरूको सुरक्षा तथा न्यायमा मानव अधिकार रक्षकको भूमिका विषयमा सहजिकरण गर्नु भएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले पीडितको पक्षमा कार्य गर्दा मानव अधिकार रक्षकले अपनाउनु पर्ने आचार संहिताका विषयमा सहजिकरण गर्दै कामको दौरानमा आफु र अन्य मानव अधिकारकर्मीहरूले भोग्नु परेको चुनौतिका विषयमा चर्चा गर्नु भएको थियो ।
डिसिए परियोजना प्रमुख सरीता पुरीले मानव अधिकार रक्षकको परिभाषा, अधिकार र दायित्वको विषयमा सहजिकरण गर्नु भयो ।
उपभोक्ता हित सङ्रक्षण मञ्च, बाँकेका अध्यक्ष बसन्त गौतमले मानव अधिकार सहायता कक्ष तथा मानव अधिकार रक्षकबीच समन्वयका विषयमा सहजिकरण गर्नु भयो ।
यसैगरी, पीडितको पक्षमा कार्य गर्दा मानव अधिकार रक्षकका चुनौतीहरूका विषयमा इन्सेककी अधिकृत सरस्वती मल्ल र विनोद पाण्डेले सहजिकरण गर्दै समूहगत अभ्यास गराउनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बैजनाथ र डुडुवा गाउँपालिका स्तरीय मानव अधिकार समुहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र
सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र वडा नम्वर १ को…
मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए र सिसूको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम चैत २७ गते…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत २३ गते सम्पन्न भयो । कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले खाद्यको क्षेत्रमा लगानी नगरेको, नगदे बाली कार्यक्रमलाई…
मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत चैत २१ गते जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । जिल्ला बार इकाइका निवर्तमान अध्यक्ष अधिवक्ता…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह हेटौँडाको संयोजनमा चैत १९ गते आवसको अधिकारको विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भूमिसम्बन्धी समस्या समाधान…