इन्सेक गतिविधि

०७५ मङ्सिर २० गते

पीडितलाई न्याय र पीडकलाई सजाय दिनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा सन २०१८ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ललितपुरमा मङ्सिर १९ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले मानव अधिकार हनन्का घटनालाई निर्मूल पार्न राजनीतिक दल, नागरिक समाजलगायतले ध्यानाकर्षण गराउँदै स्थानीय सरकारलाई नीति तथा कार्यक्रमको तय गरी हरेक तहदेखि नै टोलटोलमा र घरघरसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । घिमिरेले जिल्लामा पछिल्लो ६ महिनामा ३३ ओटा मानव अधिकार उल्लङ्घन, हिंसा तथा ज्यादतीका घटना सङक्लन गरेको जानकारी दिए ।

महानगरीय प्रहरी परिसर जावलाखेलका इन्स्पेक्टर केशरकुमार न्यौपानेले मानव अधिकारप्रति नेपाल प्रहरी सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै पीडितलाई न्याय र पीडकलाई सजाय दिन प्रहरीलाई कतिपय अवस्थामा राजनीतिक पहुँच बादक बन्ने गरेको दुखेसो व्यक्त गरे ।

नेकपा ललितपुरका कार्यालय सचिव पुरुषोतम आचार्य ललितपुरमा मानव अधिकारको अवस्था सन्तुलित नभएको बताए । उनले मानव अधिकार र कानुनका बारेमा सचेतनामुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

आचार्यले मानव अधिकारको उल्लङ्घन र ज्यादतीका घटना लुकाउनमा परिवार, समाज र राजनीतिक दलहरूको समेत संलग्नता रहेका उदाहरण प्रस्तुत गर्दै सहकार्य गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं.१ का सचिव सुन्दरमान थिङले नेपाली कांग्रेस मानव अधिकारप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै दण्डहीनताको अन्त्य गर्न इन्सेकले खेलेको भूमिका सरहानीय रहेकाले नागरिक समाज र राजनीतिक दलले सहकार्य गर्नु पर्नेमा जोड दिए ।

राप्रपा ललितपुरका उपाध्यक्ष अष्टबहादुर महर्जनले देशमा धर्म परिवर्तन जस्ता मानव अधिकारविरोधी घटना भइरहेकाले त्यसतर्पm पनि इन्सेकले विषेश भूमिका खेल्नु पर्ने बताए ।
राप्रपा प्रजातान्त्रिकका सहप्रवक्ता एवम् ललितपुर अध्यक्ष कमल विष्ट घरपरिवार र समाजदेखि नै मानव अधिकार हनन्का घटना हुने गरेकाले सचेतना जगाउँदै दण्डहीनताको अन्त्य गर्न लाग्नु पर्नेमा जोड दिए ।

मानव अधिकार सञ्जाल ललितपुरका अध्यक्ष अधिवक्ता वशिष्ठ अधिकारीले मानव अधिकार हनन्का घटनालाई सार्वजनिक गर्न, पीडितलाई न्याय दिलाइ दोषीलाई सजायका लागि सहकार्यमा जोड दिए ।

शिक्षक महासङ्घ ललितपुरका उपाध्यक्ष रविन्द्र सिल्वालले विद्यालयमा बालमैत्री वातावरण शिक्षा दिनु पर्ने खाँचो औँल्याउँदै विद्यार्थीलाई दण्डरहित शिक्षाको विकासका लागि सचेतना जगाउनु पर्नेमा जोड दिए ।

राप्रपा राष्ट्रवादीका ललितपुरका उपाध्यक्ष राजु नगरकोटीले इन्सेकले विगत २७ वर्षदेखि प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकमा समेट्न नसकेका घटना समेत लुकेर बसेको हुन सक्नेमा ध्यानाकर्षण गरे ।

photo2018126lalitpur photo2018126lalitpur1
दीपकप्रसाद घिमिरे

इन्सेक गतिविधिहरू

पीडितलाई न्याय र पीडकलाई सजाय दिनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा सन २०१८ मा सङ्कलित ....

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा सन....

स्थानीय सरकासँग सहकार्य र निगरानीका लागि आग्रह

विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनु....

मानव अधिकारमूखि विकास अवधारणा तथा स्थानीय सुशासन विषयक कार्यशाला सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आ....

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा मङ्सिर १० गते जनकपुरम....






Top