पालिकास्तरीय सरोकारवाला तथा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई उत्तरदायी बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाहरू तथा समस्या पहिचान कार्यक्रम पुस ८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले कोभिड–१९ का कारण विद्यालयमा प्रयाप्त अनुगमन हुन नसकेको, बालबालिकाको अध्ययन अध्यापनमा अहिलेसम्म सहजताको अवस्था आउन नसकेको हुँदा कार्यक्रमा उठेका सवाललाई भीमेश्वर नगरपालिकाले कार्ययोजना बनाई सम्बोधन गर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयमा प्रयाप्त साबुन पानीको अभाव, मास्क, सेनिटाईजर जस्ता सामानको अभावकाबीच अध्यापन गराउनु परेको, निजी विद्यालयमा सामाजिक दुरी कायम नगराउनु, निजी श्रोतका शिक्षकले न्यूनतम पारिश्रमिकमा काम गर्नु परेको र सम्बन्धित निकायले ध्यान दिन नसकेको, व्यवस्थापन समितिले विद्यालयको व्यवस्थापनमा ध्यान दिन नसक्नु जस्ता गुनासो गरेका थिए ।
स्वास्थ्यका सम्बन्धमा स्वास्थ्यकर्मी कार्यालय समय अवधिभर कार्यालयमा नबस्ने, मिति सकिएको औषधी वितरण गरिनु, नियमित अनुगमन तथा मुल्याङ्कन नहुनु, स्वास्थ्य संस्थामा प्रयाप्त मास्क, सेनिटाईजर उपलब्ध नगराइनु जस्ता समस्याको पहिचान गरिएको छ ।
यसैगरी कृषिमा उन्नत जातको मल बिउको अभाव सधैँ रहेको, ठाउँ अनुसार जग्गा छनौट गरी कृषि तथा पशुपालनमा ध्यान दिन नसकेको, कृषि पकेट क्षेत्र नतोकिएको, समयमा फलफूलका विरुवाको उपलब्धता हुन नसकेको, कृषि प्राविधिकहरू समयमा उपलब्ध नहुनु जस्ता विषय कार्यक्रमका सहभागीले उठान गरेको थिए ।
साथै आवासका क्षेत्रमा बालमैत्री, अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री भवन जिल्लामा निर्माण हुन नसकेको, भवन निर्माण आचारसंहिता पालना गराउन नसकेको बताएका थिए ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख रामचन्द्र पौडेल, कृषि शाखाका राधिका बुढाथोकी, स्वास्थ्य शाखाका श्याम खड्का, आवास शाखाका इन्जिनियर रामजी थापा समेतको सहभागिता रहेको थियो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १८ गते सम्पन्न भएको छ ।…
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण,…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…