पत्रकार र नागरिक समाजबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
गोरखाका नागरिक समाज र पत्रकारबिच कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि नागरिक समाज र सञ्जार जगतबिच साझा मुद्धा तयार गर्ने विषयमा पुस ३ गते छलफल भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एफइचआई ३६० र युएसएआइडी को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेकले गठन गरेको मानव अधिकार सञ्जाल गोरखाका सदस्य रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले कोभिड–१९ जोखिम न्यूनिकरणका लागि पत्रकार र नागरिक समाजको भूमिका अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नागरिक साझा सवाल गोरखाका संयोजक तथा अधिवक्ता स्थानेश्वर दवाडीले कोभिड –१९ परीक्षणको दायरा मात्र घटेको तर जोखिम कायम रहेको बताउनुभयो ।
‘कोरोना महामारी जोखिम न्यूनिकरण भइसकेको अवस्था छैन,’–उहाँले भन्नुभयो,–‘जाडो मौसम सुरु भएको छ, सरकारले सबै क्षेत्रमा खुकुलो बनाउदै गएको छ, जाडो मौसममा सङ्क्रमणको जोखिम अझै बढी हुन्छ भनिएको छ, यस्तो बेला सचेतना अपनाउने र राज्यलाई घचघच्याउन काममा पत्रकार र नागरिक समाजको भूमिका आवश्यक छ ।’
होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आवश्यक रेखदेख नपुगेको उहाँले बताउनुभयो । ‘सामूहिक आइसोलेशन हटाइयो, होम आइसोलेशनमा बसेकाहरुलाई सरोकारवाला निकायले निगरानी गरेका छैनन,’–उहा“ले भन्नुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सिताराम श्रेष्ठल गाउँगाउँमा कोभिड –१९ जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंग थापाले परीक्षण गर्न चाहन्छु भन्नेले पनि कोभिड –१९ परीक्षण गर्न नपाउने अवस्था आएको बताउनुभयो ।
‘दबाब आवश्यक छ, पैसा तिरेर कोभिड –१९ परीक्षण गर्छु भन्नेलाई परीक्षणको वातावरण बनाउनुपर्याे,’–थापाले भन्नुभयो,–‘परीक्षणको दायरा घटेको छ, यसले भोलिका दिनमा भयावय अवस्था नआउला भन्न सकिन्न ।’
स्थानीय तहले कोभिड –१९ न्यूनिकरणका लागि कति खर्च गरे सार्वजनिक गर्नुपर्ने महिला मानव अधिकार सञ्जालकी संयोजक सावित्रि भट्टले बताउनुभयो ।
सबै स्थानीय तहमा कोभिड–१९ महामारी नियन्त्रणमा एकरुपता नभएको मानव अधिकार तथा शान्ति समाजका सिताराम तिवारीले बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…