नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७६ असार १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार ११ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले धम्की/कुटपिटका तीन ओटा, गिरफ्तारीका ६ ओटा, बाल अधिकार उल्लङ्घनका १५ ओटा, महिला बलात्कारका सात ओटा, बहुविवाहका ६ ओटा, बेचबिखन तथा ओसार पसारका तीन ओटा, परिवारजनबाट हत्याका दुई ओटा, घरेलु हिंसाका २७ ओटा गरी ७९ ओटा घटना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले नेपाल मानव अधिकार वर्ष पुस्तक दस्तावेजको रूपमा रहने हुँदा सत्य, तथ्य र यथार्थपरक घटना मात्रै समावेश गर्नुपर्ने सुझाव दिए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष चुराबहादुर थापाले कानुनी कुरामा भएका केही समस्याहरूको बारेमा सुझाव दिएका थिए ।

प्रमुख जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले अझै पनि गाउँका कुना काप्चामा भएका घटनाहरू बाहिर आउन नसकेकोले त्यसतर्फ पनि इन्सेकले ध्यान दिनु पर्ने बताए ।

नरायण पराजुली