नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७६ असार ९ गते

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ ।

photo20190625jumla (1)

सङ्कलित घटनामाथि छलफल गरी छुटेका घटना समावेश गर्ने र अपुर्ण, अपुष्ट, त्रृटिपुर्ण घटनालाई थप पुष्टी गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जिल्ला मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना दस्तावेजीकरण गर्ने काम वर्ष पुस्तकले गरेको बताए ।

photo20190625jumla (3)

जिल्ला प्रहरी कार्यालययका डिएसपी सिताराम रिजालले राज्य पुनर्संरचना भएर स्थानीय तहमा न्यायिक समितिको व्यवस्थापन गरिएको भएपनि आम नागरिक न्यायका लागि प्रहरीमा आउने गरेको बताए ।

photo20190625jumla (4)

उनले भने-'सामान्य झैझगडाका मुद्दा स्थानीय तहका न्यायिक समितिमा दर्ता गरी न्यायिक निरूपण गर्ने व्यवस्था छ । स्थानीय तहका न्यायिक समितिका क्षेत्राधिकार भित्र पर्ने घटनालाई न्यायिक समितिमै दर्ता हुने खालको वातावरण हामी सबैले सिर्जना गर्नुपर्ने आवश्यकता छ ।'

नेपाल मजदुर किसान पार्टी जुम्लाका अध्यक्ष शिवलाल डाँगीले सामाजिक तथा सांस्कृतिक घटनाहरू पनि सङ्कलन गरी प्रकाशन गर्न सुझाए ।

स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि समेत अभाव भएका कुरा सञ्चार माध्याममा आउने गरेकाले यस्ता प्रकारका विषयलाई पनि वर्ष पुस्तकमा समावेश हुनुपर्ने अध्यक्ष डाँगीको भनाई छ ।

photo20190625jumla (6)

उक्त अवसरमा इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलले सन् २०१९ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलन गरिएका १४ ओटा घटना प्रस्तुत गरेका थिए ।

घटनामध्ये गिरफ्तारी एउटा, बालविवाह दुई ओटा, बलात्कार तथा यौन दुर्व्यवहार तीन ओटा, घरेलु हिंसा चार ओटा, बहुविवाह दुई ओटा, परिवारजनबाट हत्या एउटा र मजदुरले ज्याला नपाएको एउटा रहेका छन् ।

मानदत्त रावल