नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७६ असार ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरू माथिको समीक्षा कार्याक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैहे्रले इन्सेकले राज्यलाई मानव अधिकारको क्षेत्रमा सचेत गराई राज्यलाई जिम्मेवारीबोध गराएकोमा संस्थाको कार्यप्रति सरहानीय रहेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले मानव अधिकारका घटना समेट्दा विभिन्न माग पूरा गराउन विभिन्न समूहले गर्ने बन्दलाई पनि समावेश गर्न आग्रह गरे । बारम्बर गरिने बन्दले मानव अधिकार उल्लङ्घन हुने गरेको बताए ।

इन्सेकले जिल्ला सङ्कलन गरिने घटनाहरू विभिन्न क्षेत्रको मात्रै नभई सवै मानव अधिकार हनन्का घटनाहरू अभिलेखिकरण गरेमा संस्थाप्रति अझै नागरिक प्रति र पीडितको विश्वास बढ्ने जिल्लास्तरीय मानव अधिकार सञ्जालकी संयोजक पार्वता आचार्यले बताइन् ।

कार्यक्रमा ०७५ पुस १७ देखि ०७६ जेठसम्म सङ्कलन गरिएका घटनाहरू एउटा दुव्र्यवहार, एउटा  बलात्कार, तीन गिरफ्तार, एक सार्वजनिक सम्पतिमा क्षति, एक जातीय विभेद र सात ओटा घरेलु हिंसा गरी १४ ओटा घटनाहरू अभिलेखिकरण गरेको इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डले जानकारी गराए ।

photo20190623pyuthan (1)

photo20190623pyuthan (2)

रविन्द्र पाण्डे