नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सम्पन्न 

  ०७५ पुष २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, कार्यालय जनकपुरको आयोजनामा पुस २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक सम्पादन भेला सकिएको छ ।

भेलामा प्रदेश २, का ८ जिल्लामध्ये सात जिल्लाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भेलामा इन्सेक प्रदेश कार्यालय जनकपुरका संयोजक राजु पासवानले मानव अधिकार उल्लङ्घनका  कुनै पनि घटना नछोडी सङ्कलन गर्न र पीडितलाई न्याय दिलाउन भरमग्दुर लाग्नु पर्ने बताए ।

प्रतिनिधिहरूले घटना फारम सङ्कलन गरेर पठाउँदा पीडित, आरोपित, घटना मिति, उजुरी मिति, फैसला मिति जस्ता महत्पपूर्ण विवरण छुटाउन नहुने बताए ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले वर्ष पुस्तकमा समेटिने घटनाको मिति, घटना विवरणलगायतका विवरण स्पष्ट हुनुपर्ने बताए । उनले बलात्कार, घरेलु हिंसा, हत्या जस्ता घटनामात्र नभई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा पनि जिल्लाको अवस्थाको विश्लेषण गर्न आवश्इक रहेको बताए ।

इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरूले जिल्लामा मानव अधिकारको क्षेत्रमा आफूले गरेका कामहरू लिपिबद्घ गरेर राख्न जरूरी रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानवअधिकार अवस्था, अनलाइन समाचार तथा वर्ष पुस्तकका लागि घटना सङ्कलन गर्दा देखिएका समस्याका बारेमा छलफल गरिएको थियो ।

यसैबिच ०५९ सालदेखि इन्सेक जिल्ला प्रतिनिधिका रूपमा रौतहटमा रहेर योगदान पु¥याएका विपीन गौतमलाई इन्सेकले सम्मान गरेको छ ।

चन्द्रपुर नगरपालिकाको कानुनी सल्लाहकारका रूपमा क्रियाशील गौतमले गत साउनदेखि इन्सेक प्रतिनिधिबाट विदा लिएका थिए ।

इन्सेकको अभियानमा ०५२ सालदेखि जोडिएका गौतमले इन्सेकमा नरहेपनि इन्सेकको अभियान र नेपालको मानव अधिकार आन्दोलनबाट भने अलग नरहेको बताए । उनलाई इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानले दोसल्ला ओढाएर प्रशासंपत्र प्रदान गरी सम्मान गरेका थिए ।

विनोदकुमार रविदास