नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा सन २०१८ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सिन्धुलीमाढीमा मङ्सिर १४ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले सिन्धुलीमा सबैभन्दा बढी हिंसा घरघरमा हुने गरेको भन्दै यसलाई निर्मूल पार्न स्थानीय सरकारले नीति तथा कार्यक्रमको तय गरी हरेक तहदेखि वडावडा र घरघरमा चेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताइन् ।
उनले हिंसा अन्त्य गर्न कानुनको कार्यान्वयनले मात्र नहुने भन्दै रूढीबादी परम्परा र सोचका कारण अधिकांश घटना हुने गरेकाले घरघरमा सचेतनाका कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् ।
इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
उनले जिल्लामा यस वर्ष १ सय १६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरेको जानकारी दिइन् ।
उनका अनुसार घटनामध्ये दुई जना महिला, दुई जना पुरूष गरी चार जनाको हत्या, ११ ओटा बाल अधिकार हनन्, यौन दुव्र्यवहारका चार, महिला बलात्कार सात, बलात्कार प्रयास दुई, घरेलु हिंसा ७६, बालिका बेचबिखन तथा बलात्कार एक, बेचबिखन एक, बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार एक, बहुविवाह चार, बालविवाह एक, बालविवाह र बलात्कार तीन, अपमानजनक व्यवहारको एक रहेका छन् ।
जिल्लामा दुई जना पुरूष, एक जना बालक, ९२ जना महिला र २२ जना बालिका पीडित बनेको इन्सेक सिन्धुलीले जनाएको छ ।
विमला पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको…