नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि रोल्पा, कालिकोट र अछाम जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व सरोकारवाला निकायबिच समीक्षा गरिएको छ ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार कार्यक्रममा सन् २०१७ भरी जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका १९ ओटा घटनाका बारेमा समीक्षा गरिएको थियो ।
सङ्कलित घटनाहरूमा राजनीतिक अधिकारसँग सम्बन्धित आठ, अमानवीय व्यवहार एक, महिला अधिकारसँग सम्बन्धित १० ओटा रहेका छन् ।
कार्यक्रममा मानव अधिकारकर्मी खेम बुढाले जिल्लाका मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित घटनाहरू अभिलेखीकरण गर्ने इन्सेकको यो कार्यले वर्षभरी हुने घटनाहरू सार्वजनिक हुने बताए । यस्ता कार्यमार्फत जिल्लामा लुकाउन खोजेका घटना पनि उजागर हुने धारणा अधिकारकर्मी बुढाले राखे ।
कार्यक्रममा नेकपा एमाले रोल्पाका सचिवालय सदस्य मनसिङ डाँगीले स्थानीय निर्वाचनपछि पनि मानव अधिकार उल्लङ्घनका घटना बढेकाले अहिले पनि त्यसतर्फध्यान दिनुपर्ने औँल्याए ।
इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम मान्ममा पुस ५ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक प्रतिनिधि मल्लले एक वर्षमा ३६ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सरोकारवाला निकायबिच प्रस्तुत गरेका थिए ।
नागरिक तथा राजनीतिक अधिकारतर्फ गोली प्रहार गरी राज्यबाट एक जनाको हत्या भएको सार्वजनिक गरिएको छ । कुटपिट तथा धम्की र घाइते गरी राज्य पक्षबाट तीन, विष्फोटक पदार्थ र गोली प्रहारबाट आठ जना घाइते र अपमानजक व्यवहारबाट एक जना पीडित भएको जानकारी गराएको छ ।
त्यस्तै बालविवाहका तीन, बोक्सीको आरोपमा अमानवीय व्यवहार एक, बहुविवाह तीन, बलात्कार, यौन दुर्व्यवहार तीन जना र पारिवारिक हिंसाका ६ जना गरी जम्मा ३६ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले इन्सेकले लामो समयदेखि महत्वपूर्ण दस्तावेजको रूपमा प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सघाउ पुर्याएको बताइन् ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अछाम जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न गरिएको छ ।
सदरमुकाम मङ्गलसेनमा पुस ५ मा आयोजित समीक्षामा सहभागीहरूले इन्सेकले जिल्लामा मानव अधिकारको क्षेत्रका घटनाहरू अभिलेखीकरण गरेर मानव अधिकारको अवस्था झल्काएको भनाई राखे ।
कार्यक्रममा इन्सेक प्रतिनिधि ढुङ्गानाले सन् २०१७ को जनवरीदेखि सङ्कलन गरिएका पाँच ओटा बलात्कार, एउटा मानव बेचबिखन, तीन ओटा हत्यालगायतका घटना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मङ्गलसेन नगरपालिकाका न्यायिक समिति संयोजक एवम् उपमेयर सरिता उपाध्यायले जिल्लामा पुरूष भन्दा महिलाको अधिकार बढी हनन् भएको भन्दै सरकारी र गैरसरकारी क्षेत्रमा यसमा केन्द्रीत हुनआग्रह गरिन् ।
उपमेयर उपाध्यायले हरेक नागरिकमा मानव अधिकारको सचेतना जागृत सहित कानुनी प्रक्रिया र निकायको बारेमा जानकारी गराउन आवश्यक रहेको भनाई राखिन् ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले राज्यका हरेक संयन्त्रहरू मानव अधिकार प्रत्याभूत गर्न केन्द्रीत भएको बताए । उनले मानव अधिकारका क्षेत्रमा इन्सेकले गरेको कामले सरकारका संयन्त्रलाई मानव अधिकारको प्रत्याभूत गर्न सहयोग हुने भनाई राखे ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १८ गते सम्पन्न भएको छ ।…
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण,…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…