नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १८ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि, केन्द्रीय कार्यालयका प्रतिनिधि र प्रदेश कार्यालयका प्रतिनिधिहरुको सहभागितामा पुस १७ गतेदेखि सुरु गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका नौ ओटै जिल्लाबाट नेपाल मानव वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका घटनाहरुको वार्षिक सम्पादन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले इन्सेक जिल्ला प्रतिनिधिहरुले वर्ष भरी सङ्कलन गरिएका घटनाहरुको अद्यावधिक सहित वार्षिक सम्पादन भेला सम्पन्न भएको भएपनि सम्पादन भेलामा अपुग रहेका सूचनाहरु यथासक्य चाडो अपडेट गरी पठाउन जिल्ला प्रतिनिधिहरुलाई अनुरोध गर्नु भएको थियो ।
सम्पादन भेलामा कैलाली जिल्लाका २ सय ४ ओटा, कञ्चनपुरका ३५, अछामका ३५, डोटीका ३७, दार्चुलाका ३४, डडेल्धुराका ३३, बाजुराका ५४, बैतडीका ६९ र बझाङका ३४ ओटा घटनाहरु इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि गोबिन्द त्रिपाठी, अनुज केसी र प्रदेश कार्यालयका कृष्णबहादुर विश्वकर्माले सम्पादन गर्नु भएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आठ ओटा जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…