नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीले सन् २०२० जनवरीदेखि डिसेम्बर २०२० सम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २ सय ४ ओटा घटनाहरुमा २ सय ९ जना पीडित भएको तथ्याङ्क सहित घटना विवरणहरु प्रस्तुत गर्नु भयो ।
जिल्ला न्यायाधीवक्ता रामसिंह भण्डारीले सहमतिमा हुने गरेका घटनाहरुमा बिभिन्न कारणले कुरा नमिल्दा लामो समयपछि बलात्कार भएको भनेर उजुरी आउने गरेका कारण पनि आरोपितहरु सफाइ पाउने र धरौटीमा रिहा भइरहेकाले मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले पीडितलाई न्यायिक प्रकृयाका लागि सक्षम बनाउनु पर्ने सुझाव दिनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालय, कैलालीका सहायक न्यायाधीवक्ता सुरबहादुर परियारले इन्सेकले सङ्कलन गरेका घटनाहरुमा पीडितको गोपनियता कायम रहने गरी प्रकाशन गर्नु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा जिल्ला बार एसोसिएसन, कैलालीका सदस्य ओम जोशीले मानव अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाले पीडितलाई न्याय दिनका लागि गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो ।
दलित महिला अधिकार मञ्चकी अध्यक्ष साबित्रा घिमिरेले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक साँझा दस्तावेजको रुपमा स्थापित भएको बताउँदै नेपाल मानव अधिकार बर्ष पुस्तकका अधारमा पीडितहरुको न्यायका लागि वकालत गर्न सहज भएको बताउनु भयो
जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खडकालले पीडितहरुले समयमा उजुरी नदिदा प्रमाणहरु मेटिने भएकोले प्राय घटनाहरु होस्टइल हुने गरेको बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…