नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला सम्पन्न

  ०७७ पुस १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि वार्षिक सम्पादन भेला पुस १५ गते सम्पन्न गरिएको छ ।

प्रदेश २ का आठ ओटै जिल्ला प्रतिनिधिहरूको उपस्थितिमा पुस १३ गते सुरू गरिएको वार्षिक सम्पादन भेला पुस १५ गते सम्पन्न गरिएको हो ।

इन्सेकले सन् १९९२ देखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

photo20201230dhanusha (1)

इन्सेक जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका घटनाहरुको इन्सेक केन्द्रिय कार्यालयका प्रतिनिधि रमेशप्रसाद तिमल्सिना र गीता माली तथा प्रदेश २ प्रमुख राजु पासवानले कार्यसम्पादन गर्नुभएको छ ।

भेलामा धनुषाका १ सय ६९ ओटा, सप्तरीका १ सय ३१ ओटा, सिरहाका १ सय २० ओटा, बाराका ८६ ओटा, महोत्तरीका ७५ ओटा, पर्साका ६५ ओटा, रौतहटका ५० ओटा र सर्लाहीका ३२ ओटालगायत ७ सय २८ घटनाहरू अभिलेखिकरण गर्नुभएको छ ।

photo20201230dhanusha (2)

भेलामा उपस्थित जिल्ला प्रतिनिधिहरूले आआफ्नो जिल्लामा सङ्कलन गरिएका घटनाहरूको तथ्याङ्क सङ्कलन गरेका छन् ।

दिपेन्द्रप्रसाद सिंह