नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेक दैलेखको आयोजनामा पुस १३ गते सदरमुकाम दैलेख बजारमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन २०२० जनवरी देखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याददिका ७२ वटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो ।
जस अन्तर्गत २५ वटा बहु विवाह, १२ बलात्कार, ८ वटा बाल विवाह, ५ वटा यौन दुव्र्यवहार, ५ वटा हत्या, ५ वटा अभद्र व्यवहार, ३ वटा आत्महत्या दुरूत्साहन, ३ वटा घरेलु हिंसा, २ वटा बाल यौन दुव्र्यवहार, २ वटा बालबालिका माथि कुटपिट र २ वटा क्वारेण्टीनमा कुटपिट गरी ७२ वटा घटनामा ८० जना पीडित भएका छन् ।
कार्यक्रममा जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले समाज शान्ति र अमनचैन कायम गर्न अपराधलाई निरूत्साहित पार्ने सामाजिक अभ्यासको जरूरी रहेको बताउनु भयो ।
न्यायाधीश लामिछानेले अपराध घटनामा आएका उजुरी उपर उचित छानबिन र अनुुसन्धान प्रभावकारी बनाउन सकिए मात्र न्याय निरूपण प्रभावकारी हुनसक्ने बताउनुभयो ।
यस्तै दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले पीडितले न्याय पाउन सहज हुने भएकोले मानव अधिकार वर्ष पुस्तक वा आमसञ्चार माध्ययमले लुकेका घटना खोजी गर्न सुझाव दिनुभयो ।
यसैगरी जिल्ला सरकारी वकील कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले बलात्कार घटनामा पीडितलाई प्रभावित पार्ने वा होष्टाइल गराउनेहरूलाई कारवाही गर्ने कानुन आएको र कडाईका साथ कार्यान्वयन गरिने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बास्तविक पीडितहरूको आत्मबल बढाउन समुदाय र स्थानीय सरकारको तत्परता अझैं जरूरी रहेको औंल्याउनुभयो ।
इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ गते कोशी गाउँपालिकामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहको सहकार्य तथा कोशी गाउँपालिकाको…
सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ ։ अध्यक्ष जिसी
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…