नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

  ०७७ पुस १३ गते

इन्सेक सुर्खेतको आयोजनामा पुस १२ गते वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले सन २०२० जनवरी देखि डिसेम्बर सम्म जिल्लमा सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका ८९ घटनाहरु प्रस्तुत गर्नुभएको थियो ।

जस अन्तर्गत गिरफ्तारका ३, राज्यबाट धम्की कुटपिट २, झडप १, धम्की कुटपिट अन्यबाट १, बालिका बलात्कार ५, बालिकामाथि यौन दुव्र्यवहार ४, बाल अधिकार ४ बलात्कार ६, बलात्कार प्रयास १ र घरेलु हिंसाका ६२ वटा घटनाको प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्णाली प्रदेशको राजधानी सुर्खेत अपराधी र अपराधिक कार्यको हब बन्दै गएकोेले यसलाई रोक्न सबै पक्षबिच सहकार्यको खाँचो रहेको बताउनु भएको छ ।

प्रजिअ रेग्मीले प्रदेश राजधानी सुर्खेतमा जनसंख्याको चाप बढेसँगै अपराधका प्रकृति तथा घटनाहरू बृद्धि भएकोले प्रहरी, प्रशासन, अधिकारवादी संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, कानुन व्यवसायी र अन्य सबै सरोकारवालाहरूको समन्वयमा मात्र त्यस्ता अपराधलाई न्यूनीकरण गरी मानव अधिकारको संरक्षण सम्बद्र्धनमा टेवा पुर्‍याउन सकिने उल्लेख गर्नु भयो ।

20201228

यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मानव अधिकारको संरक्षणगर्ने प्रमुख दायित्व राज्यको भएपनि यसमा मानव अधिकारवादी संघसंस्था, नागरिक समाज, कानुन व्यवसायी र अन्य सबै सरोकारवालाहरूको इमान्दारिताको खाँचो रहेको बताउनु भयो ।

कार्यक्रममा वामका कार्यकारी निर्देशक मधुरानी ढकाल, अपाङ्ग महासंघका मायाप्रसाद जैसी, सञ्चारकर्मीहरू नवीन शाही, गोविन्द खत्री, जगतदल जनाला विक र लक्ष्मी भण्डारीले प्रतिवेदनमाथि टिप्पणी गर्दै वास्तविक तत्थ्यका आधारमा वर्ष पुस्तक प्रकाशनमा ल्याउनु पर्ने सुझाव दिएका थिए ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टीका विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सुरक्षा नीकायका प्रमुख, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

इन्सेक प्रदेश कार्यालय सुर्खेत