नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कल गरिएका घटनाहरू प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ ।
इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजना पुस ८ गते वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि सरोकारवाहरूबीच समीक्षा सम्पन्न गरिएको हो ।
अन्तरक्रियामा प्रदेश १ का मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले प्रदेश सरकारले मानवअधिकार संरक्षणको ठोस कार्य अनुरूप कारागार सुधारलाई सुदृढ गर्ने, प्रदेश प्रहरी ऐनमा मानव अधिकारमैत्री र सम्मान गर्ने विषय उल्लेख गरिएको बताउनु भयो ।
उहाँले संविधानमा प्रष्ट रूपमा तीन तहका सरकारले मानवअधिकार संरक्षण गर्नुपर्ने उल्लेख गरिएको भन्दै इन्सेकले रिपोर्ट सार्वजनिक गर्दा प्रदेशका अन्य मानव अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिवेदन समावेश गरेमा वर्ष पुस्तक नेपालको मानवअधिकारको दस्तावेज हुने बताउनुभयो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले कोभिड–१९ को बहना बनाएर उपचार नगर्ने अस्पतालको अनुगमन गरी कारबाही गरिएको बताउनुभयो । उहाँले इन्सेकले सार्वजनिक गर्ने वर्षपुस्तकको छुट्टै पहिचान रहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलाले इन्सेकले अभिलेखीकरण गर्ने घटनाहरू वास्तविकतामा आधारित हुने बताउनुभयो ।
उहाँले इन्सेकले जिल्लामा रहेका प्रतिनिधिमार्फत घटनाहरू अभिलेख गर्ने हुँदा अभिलेख वास्तविक हुने गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले घटनाहरू अभिलेखीकरण गर्दा पुष्टि, पुर्नपुष्टि गरेर गर्न सुझाव दिनुभयो ।
इन्सेक मोरड प्रतिनिधिले २०२१ का लागि तयार गरेको प्रतिवेदनमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा चार जना गिरफ्तारीमा परेका, अन्य पक्षबाट जिल्लामा आठ जनाको हत्या, कुटपिटका पाँच ओटा, आत्महत्या दुरूत्सहानका दुई ओटा, जातीय विभेदका तीन ओटा, बाल अधिकार अन्र्तगत १९ जना बालिका बलात्कारका घटनामा पीडित भएको, यौन दुर्व्यवहार ६ ओटा घटना, बालश्रमको एक ओटा घटना, महिला अधिकार अन्तरगत १६ जना महिला बलात्कार घटनाबाट पीडित भएको, बेचविखनका दुई ओटा , कथित बोक्सी आरोपको एक ओटा घटना , घरेलु हिंसाका ४६ ओटा घटना, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तरगत अज्ञात पक्षबाट तीन ओटा भौतिक संरचनामाथि क्षति भएको घटनाहरू अभिलेखमा उल्लेख छ ।
सोही अवसरमा इन्सेक प्रदेश १ कार्यालय मानव अधिकार र मानवीय अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व १४ जिल्लामा वार्षिक समीक्षापछि प्रदेशको मानव अधिकार अवस्थाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।
उहाँले इन्सेकले अपहरणपछि शिक्षकको हत्या भएको विषयले अधिकारकर्मीको ध्यानाकर्षण भएको बताउँदै राजनीतिका नाममा निहत्था जनताको गैर न्यायिक हत्या निन्दनीय भएको बताउनु भयो ।
नेत्रप्रसाद अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…