नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते सम्पन्न भएको छ ।
अघिल्लो वर्षको तुलनामा महिला र बालबालिकामाथि भएका घटनामा वृद्धि भएको वर्ष पुस्तक २०२१ का लागि सङ्कलित घटनाहरूले देखाएको छ ।
इन्सेक अभिलेख अनुसार सन् २०२० जनवरीदेखि ११ महिनाको अवधिमा ६५ जना बालिका र ७६ महिला बलात्कार तथा यौन दुर्व्यवहार घटनामा पीडित भएको उल्लेख छ ।
सोही अवधिमा अघिल्लो वर्ष १ एक २ जना पीडित भएको इन्सेक सुनसरीले उल्लेख गरेको छ ।
यस वर्ष राज्यपक्षबाट सात जना पुरूष कुटपिटको घटनामा पीडित भएको इन्सेकले अभिलेख गरेको छ । अन्य पक्षबाट ६ ओटा हत्याका घटना, बलात्कारका १ सय ६ ओटा, बलात्कार प्रयासका १२ ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।
समीक्षा कार्यक्रममा सशस्त्र प्रहरीका अरूण पाण्डेले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
पाण्डेले खुल्ला सीमाका कारणले मानव बेचविखनको समस्या रहेकाले त्यसमा सशस्त्र प्रहरीले गरेको राम्रो कामको पनि अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
अधिकारकर्मी नविनचन्द साहले जिल्लामा महिला बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहले बालबालिका र महिलालाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो ।
विष्णुदेव यादवले मानव अधिकार वर्ष पुस्तक द्वन्द्वकालीन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको बताउनु भयो ।
मानव अधिकार समूहका भोक्राहा पूर्व अध्यक्ष शोभा मेहताले कोभिड–१९ महामारीपछि मानव अधिकार हननका घटना बढेको भन्दै यस वर्ष स्वास्थ्यका अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरीका इन्स्पेक्टर पूर्णबहादुर दाहालले इन्सेकले मानवअधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकारको यथार्थ चित्रण भएको बताउनु भयो ।
उहाँले मानिसको सोच र मानसिकता परिर्वतन नभएसम्म समाज परिर्वतन नहुने भएकाले जनता र सरकार दुवैले अधिकारसगैं कर्तव्य निर्वाह गर्नुपर्ने बताउनु भयो ।
मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईले संयुक्त राष्ट्र सङ्घले जारी गरेका ६ ओटा महासन्धिहरूका आधारमा इन्सेकले घटना अभिलेखीकरण गरी वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १८ गते सम्पन्न भएको छ ।…
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण,…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…