नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते भरतपुरमा सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुनाकुमारी श्रेष्ठले बालिका बलात्कारका घटना बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कानुन बलियो बनेको अवस्थामा समेत बालिकाहरू सुरक्षित नहुनु कानुन कार्यान्वयनको कमजोरीको विषय भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी सहसंयोजक संगीता भट्टराईले मानव अधिकारको सरंक्षणमा राज्य र गैरराज्य दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
यसैगरी, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय सदस्य राजेन्द्र पौडेलले अपराधिक गतिविधि नरोकिनुमा प्रहरी प्रशासन र न्याय क्षेत्रको पनि कमजोरी रहेको बताउनुभयो ।
सन् २०२० मा चितवनमा १ सय १० ओटा घटना सङ्कलन भएको इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले बताउनुभयो । महिला बलात्कारका १५ र बलात्कार प्रयासका सात ओटा, बालिका बलात्कारका ३६ ओटा र ११ ओटा यौन दुव्र्यवहारेका छन् । चार जना महिला र पाँच जना पुरुषको हत्या भएको छ ।
बहुविवाहका १४ र आत्महत्या दुरुत्साहनका ती ओटा घटना भएका छन् । मानव बेचबिखनका चार, बम फिस्फोटका एक, हातहतियार सम्बन्धी एक र राज्य विरुद्धका अपराधका पाँच ओटा घटन गरी जिल्लामा जम्मा १ सय १० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको हो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…