नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव वर्ष पुस्तक २०२१ का सङ्कलित घटनाहरूमाथि पुस ५ गते समीक्षा सम्पन्न भएको छ ।
इन्सेक ताप्लेजुङको आयोजनामा सन् २०२० को जनवरी १ देखि डिसेम्बर १५ सम्म सङ्कलन गरिएका घटनाहरूमाथि समीक्षा गरिएको हो ।
इन्सेक प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व जिल्लामा ११ महिनाको अवधिमा ३४ ओटा मानव अधिकारसँग सम्बन्धित घटनामाथि समीक्षा भएको छ ।
३४ ओटा घटनामध्ये २१ वटा बलात्कार, ६ ओटा बहुविवाह,जातीय भेदभावको एक ओटा, दुव्र्यवहारको एक ओटा र आत्महत्या दुरूत्साहनका एक ओटा घटनामा सरोकारवालाबीच छलफल भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले इन्सेकले मानव अधिकारका घटना पुस्तकमा अभिलेख गर्ने भएकाले सत्यतथ्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले इन्सेकको पुस्तक मानव अधिकारको दस्तावेज भएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले इन्सेकले सहायता चाहिएका नागरिकहरूको विषयमा प्रशासनलाई गराएको ध्यानाकर्षणप्रति प्रशासन गम्भीर रहेको बताउनु भयो ।
प्रजिअ चापागाईँले जिल्लामा सेभ हाउस बनाउन,आर्थिक अवस्था कमजोर परिवारका सदस्यलाई सेफ होम पठाउन र मानव अधिकारको वकालतको विषयमा इन्सेकले खेलेको भूमिका प्रति धन्यबाद ज्ञापन गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक र प्रहरीको तथ्याङ एउटै जस्तो भएको टिप्पणी गर्नु भयो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख योगेश्वर भट्टराईले स्यानेटरी प्याड वितरणको विषयमा आफूले सम्बन्धित विद्यालयसँग बुझ्ने काम जारी राखेको बताउनु भयो ।
समीक्षा कार्यक्रममा जनप्रतिनिधि,राजनितिक दल,मानव अधिकारकर्मी,पत्रकार,विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
देवराज गुरुङ
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…