नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०७७ पुस ६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व गरिने वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ  ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) स्याङ्जाको आयोजनामा सन २०२० जनवरी देखि १५ दिसेम्बर २०२० सम्मका जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन अधिकारी उमेश बस्नेतले दलित समुदायमा धेरै समस्या देखिएको बताउनुभयो ।

photo20201221Syangja (1)

उहाँले न्यायीक समितिले तयार गर्ने वार्षिक प्रतिवेदन इन्सेकको वर्ष पुस्तक जस्तै गरी ल्याउनुपर्ने कुरामा जोड दिनुभयो  ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटीले कानुनी कारबाहीका विषयमा बहस र छ्लफल हुँदा पनि नीति निर्माण र गरिबी निवारणका विषयमा मात्र बोल्ने गरिएको तर समुदायमा घटने घटना र हिंसाविरुद्ध नबोल्ने प्रवृत्ति बढेको बताउनुभयो ।

उहाँले यस्ता घटना न्यूनीकरण गर्न समाजले प्रहरीसँग साझेदारी आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष ओम शर्माले इन्सेकले खोजमुलक र सचेतना अभिबृद्धिका कार्य गरेको बताउँदै अझै नदेखिएका विषयहरूपनि वर्ष पुस्तकमा समेटिनुपर्ने  बताउनुभयो ।

photo20201221Syangja (2)

उहाँले इन्सेकले नेपालमा मानव अधिकारको अवस्था कस्तो छ भन्ने कुरा प्रष्ट देखाउने एउटा सबल र सक्षम संस्था रहेको र वार्षिक रूपमा ल्याइने यो पुस्तक उपयोगी रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीकी प्रतिनिधि र अखिल महिला सङ्घकी अध्यक्ष तारा शर्माले घरेलु हिंसाका घटना मादक पदार्थ सेवनका कारण हुने गरेको र यसलाई न्यूनीकरण गर्न सबै निश्पक्ष ढङ्गबाट सचेत हुनुपर्ने र गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूले धेरैजसो घटनाहरू मादक पदार्थ सेवन, गरिबी र सचेतना अभावको कारण भएको कुरामा जोड दिनुभयो।

जिल्ला समन्वय समिति स्याङ्जाकी संयोजक सीता सुन्दासले न्याय पाउनका लागि कानुनको दायरामा गएपनि समाजका अगुवाहरू तथा स्थानीय तहमा भएको मेलमिलाप समितिका आधारमा मिलाउने गरिएकाले घटनाहरू दिनप्रतिदिन बढी रहेको बताउनुभयो ।

स्याङ्जा जिल्ला मानव अधिकार तथा शान्ति समाजका सचिव भवानी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काग्रेस पार्टी प्रतिनिधि तारा मल्ल, जिल्ला न्याधिवक्ता राम प्रसाद अधिकारी, जिल्ला अदालत श्रेस्तेदार विश्व प्रसाद रेग्मी, मगर महिला सङ्घ जिल्ला अध्यक्ष खगिसरा थापा, दलित सङ्घ अध्यक्ष लिल बहादुर रानापालले आफ्नो मन्तव्य पत्रकार महासङ्घका अध्यक्ष ओम प्रकाश शर्मा लगायतका सहभागीता थियो ।

photo20201221Syangja (3)

स्याङजामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि २०२० जनवरी देखि १५ दिसेम्बर २०२० सम्म ३० ओटा घटना सङ्कलन र अभिलेख भयो ।

जसमध्ये हत्याका दुई, बाल अधिकार अन्तरगत बलात्कार र यौन दुव्र्यवहारका ६, कुटपिटको एक, महिला अधिकार अन्तरगत २१ जसमध्ये बलात्कार र यौन दुर्व्यवहार का ६, घरेलु हिंसाका आठ, बहुविवाहका ६ र कथित बोक्सी आरोपको एक ओटा घटना रहेका छन् ।

तिलकुमारी थापा