नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा अभिलेख भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ५ गते धादिङबेसीमा सम्पन्न भएको छ ।
पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२० मा बाल अधिकार उल्लङ्घनका घटना सबै भन्दा बढी भएको तथ्याङ्क प्रस्तुत भएको छ ।
जिल्लामा सन् २०२० मा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा बाल अधिकारका २० ओटा सहित जम्मा ३४ ओटा घटनाहरू नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अभिलेख भएको इन्सेक प्रतिनिधिले जानकारी दिनु भयो ।
मानव अधिकार संरक्षणका लागि प्रहरी र कानुन व्यवसायी, महिला अधिकारकर्मी, सञ्चारकर्मी र मानव अधिकारकर्मीहरूको सामुहिक प्रयास आवशयक रहेको कार्यक्रममा सहभागीहरूले बताउनुभएको छ ।
जिल्ला बार एसोसिएसनका अध्यक्ष कृष्णराज अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रका इन्सपेक्टर जयन्ती थापा, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालकी अध्यक्ष गायत्री खतिवडा लगायतका मानव अधिकारकर्मीहरूले वर्ष पुस्तकमा कोभिड–१९ को समयमा नागरिक अधिकार हनन् भएका विषयहरू उल्लेख गर्न आग्रह गर्नुभएको छ ।
सीताराम अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १८ गते सम्पन्न भएको छ ।…
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण,…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…