नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०७७ पुस ५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटद्वारा पुस ४ गते चन्द्रनिगाहपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

photo20201220rautahut (2)

प्रतिवेदनमा बलात्कारका १२, बलात्कार प्रयासको एक, हत्याका ११, अपहरणको एक, बहुविवाहको एक, हिरासतमा मृत्युका दुई, बाल यौन दुर्व्यवहारका तीन ओटालगायत ४५ ओटा घटनाको विवरण समावेश गरिएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका इन्स्पेक्टर नितेशकुमार सिंहले प्रहरीलाई कुनैपनि घटनाको सत्यतथ्य अनुसन्धान गर्न समय लाग्ने बताउनु भयो ।

अधिकारकर्मीहरूले वास्तविक दोषीलाई र वास्तविक पीडितलाई मुद्दा प्रक्रियामा आउन सहजिकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

चन्द्रपुर नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले मिलापत्र भइरहेका घटनाहरू बाहिर ल्याएर पीडितको न्याय पाउने अधिकारलाई सहजीकरण गर्न इन्सेकसँग आग्रह गर्नु भयो ।

photo20201220rautahut (1)

गैरसरकारी संस्था माहासङ्घ जिल्ला शाखा रौतहटका अध्यक्ष रामपुकार यादवले इन्सेकले गरेको कार्य सराहनीय रहेको र मानव अधिकार जस्तो संवेदनशील विषयको सूचना सम्प्रेषण गरी सबैलाई सुसूचित गराएको बताउनु भयो ।

इन्सेक रौतहट जिल्लाका पूर्व प्रतिनिधि तथा अधिवक्ता विपिन गौतमले वर्ष पुस्तकमा मानव अधिकार अन्तर्गत सामाजिक तथा सांंस्कृतिक अधिकारका सवाललाई पनि समावेश गर्न सुझाव दिनु भयो ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुर