नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ३ गते कलैयामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा मानव अधिकारको रक्षा गर्दै राज्यले दिएको जिम्मेवारी पुरा गर्ने र राज्य पक्षबाट मानव अधिकारको उल्लङ्घन हुन नदिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो ।
उहाँले संविधानले दिएका अधिकार राज्यमा बस्ने सबै नागरिकले पालना गर्ने र उपयोग गरेमा सबैको मानव अधिकारको रक्षा हुने बताउनु भयो ।
प्रजिअ नेपालले राज्य पक्ष भन्दा गैर राज्य पक्षले मानव अधिकार उल्लङ्घन गरेकाले चेतनामूलक कार्यक्रम र कानुनको विषयमा जानकारी आवश्यक रहेको बताउनु भयो ।
नागरिकको जिउधनको सुरक्षा र मानव अधिकारको संरक्षण कार्यमा नेपाल प्रहरी कटिबद्ध रहेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद पङ्गेनीले बताउनु भयो ।
नागरिक सचेत भएर आपसमा भाइचारा राख्न र कानुनको पालना गर्न उहाँले आग्रह गर्नु भयो । एसपी पङ्गेनीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन गर्न नागरिक समाजसँग आग्रह गर्नु भयो ।
उहाँले नागरिक स्तरबाट मानव अधिकार उल्लङ्घन भएका घटना निश्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय दिनका लागि समाजका सदस्यले सकरात्मक भुमिका निभाउन आग्रह गर्नु भयो ।
शसस्त्र प्रहरीका एसपी रविनराज कर्णजितले दण्डहिनताको अन्त्य गर्न नागरिक र सुरक्षा निकायले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकारको रक्षा गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाएको उहाँले बताउनु भयो ।
नागरिक समाजका महासचिव हिरालाल साहले राज्यले नागरिकलाई दिएका अधिकार कार्यान्वयनको अवस्था अनुगमन गर्न इन्सेक कार्यालयलाई अनुरोध गर्नु भयो ।
महिला अधिकारकर्मी बबिता जयसवालले महिला र बालबालिका माथि हुने हिंसा, शोषण र दुर्व्यवहारबाट पीडित हुने क्रम बढेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
उहाँले महिला र बालबालिकको अधिकार रक्षाका लागि सरोकावाला निकायको ध्यानाकर्षण गराउनु भयो ।
इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलले सन् २०२० मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यदतिका घटनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कुटपिट/दुर्व्यवहारका ६, कुटपिट अङ्गभङ्गका सात, हत्याका सात, बालविवाहका तीन, बलात्कारका २८, बलात्कार प्रयासका सात, अपहरण तथा शरीर बन्धकका चार, अपहरण गरी बलात्कारको एक, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ता गिरफ्तारीको एक, यौन दुर्व्यवहारका तीन, कथित बोक्सीको आरोपका दुई, बहुविवाहका पाँच, झडपका दुई ओटालगायत ९० ओटा घटना समेटिएको पौडेलले जानकारी दिनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुर
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…