नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
इन्सेक रूकुम पश्चिमको आयोजनामा पुस २ गते जिल्ला सदरमुकाम मुसिकोट खलंगामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक प्रतिनिधि मनिषा केसीले २०२० जनवरीदेखि डिसेम्बर १७ सम्म संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
जिल्लामा यस अवधिमा मानवअधिकार उल्लंघन र ज्यादतीका ४८ वटा घटनाहरु अभिलेख गरिएका छन् ।
जसमा परिवारजनबाट हत्या २, अन्य पक्षबाट हत्या १, आत्महत्या दुरुत्साहन १, सम्मानित रुपले बाँच्ने अधिकार अन्तर्गत यातना १, गिरफ्तारका २, धम्की÷कुटपीटमा गैरराज्य पक्षबाट ३ र राज्य पक्षबाट १, तोडफोड÷आगजनी १, बालअधिकार अन्तर्गत बाल विवाह १, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका ३, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहार अन्तर्गत बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका ११, कुटपीट १, घरेलु हिंसाका १५ र बहुविवाहका ५ घटनाहरु अभिलेखीकरण गरिएका थिए ।
यसवर्ष अघिल्ले वर्षको भन्दा मानव अधिकार उल्लंघन र ज्यादतिका घटना कम भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले मानव अधिकार उल्लंघनका घटनाहरू बाहिर आउनु र यसको संख्या घट्नु राम्रो पक्ष रहेको बताउनुभयो ।
केही घटनाहरू लुकेर रहेको भए सबै सरोकारवालाहरू मिलेर उजागर गर्नुपर्ने भन्दै प्रजिअ गैह्रेले त्यसभन्दा महत्वपूर्ण कुरा पीडितलाई न्याय दिलाउनु रहेको औंल्याउनुभयो । जिल्लाका धेरैजसो स्थानीय तहमा मदिरा नियन्त्रणमा कडाई गरेपछि घटना घटेको हुनसक्ने उहाँको भनाई छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य धनवीर ओलीले जिल्लामा ठूलो समस्याको रुपमा बालविवाह रहेको र बालविवाहको घटनाहरू अन्तरजातीय भएमा मात्र बाहिर आउने देखिएकोले यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सदस्य थलबहादुर खड्काले छुटेका घटनाहरू भएमा समेटेर लैजान सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुकुमका सचिव हरि गौतमले स्थानीय तहका न्यायिक समितिमा आउने अन्य उजुरीहरूलाई समेत समेट्दा राम्रो हुने सुझाव दिनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…