नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेक कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते तौलिहवामा सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङघन रज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लामा यस अवधिमा १ सय ६५ वटा घटना अभिलेख गरिएका छन् । जसमा ९३ महिला र ५१ बालबालिका पीडित भएका छन ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी दिर्गनारायण पौडेलले इन्सेकले पुस्तक प्रकाशन पूर्व समीक्षा गरेकोले पुस्तकमा उल्लेख गरिने विषय वस्तुहरू सत्य तथ्य प्रकाशन हुने बताउनु भयो । राज्यका निकायले गर्ने काम कारबाहीको निगरानी इन्सेकले गर्नुपर्ने बताउदै वर्ष पुस्तकमा आउने विषयवस्तु सन्तुलित र सबैपक्षलाई समेटन सुझाउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले वर्ष पुस्तक पुस्तकमात्र नभई मानव अधिकारका लागि निरन्तरको अभियान भएको भन्दै वर्ष पुस्तकमा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता र पछाडी पारिएको समुदायका विषय पनि उल्लेख गर्नुपर्ने सुझाव दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीले कोभिड १९ को बेला अग्रपक्तिमा खटिएका प्रहरीले भोगेका समस्या पनि वर्ष पुस्तमा समेटन सुझाव दिनु भयो । एसपी अधिकारीले सवारी दुर्घना र आत्महत्याका घटनालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्न सुझाउनु भयो ।
जिल्ला सरकारी वकिल रत्नप्रकाश गिरीले वर्ष पुस्तकमा प्रकाशन हुने घटना पुर्ण रुपमा प्रकृयागत रुपमा आउनु पर्ने सुझाव दिनु भयो । कारागार कार्यालयका प्रमुख राकेश पाण्डेले
जिल्ला समन्वय समितीका अधिकृत भुमिराम पोखरेल, अनुसन्धान कार्यालयका इन्स्पेक्टर महेशराम चौधरी ,जिल्ला कानुनी सहायता समितिका कार्यालय सचिव राजु कुमार श्रीवास्तव, जवाफदेही निगरानी समुहका संयोजक रामदयाल ठाकुर, गैसस महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, माहुरीहोमकी कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठ, मानव अधिकार समुहका सदस्य पशुपतिमणी त्रिपाठी लगाएयतले सुझाव दिनु भएको थियो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…