नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा
इन्सेक दाङको आयोजनामा मङ्सिर २५ गते घोराहीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले २०२० जनवरीदेखि डिसेम्बर १० सम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लामा यस अवधिमा २ सय ३१ वटा घटना अभिलेख गरिएका छन् । जसमा १ सय ८७ महिला र ७१ बालबालिका पीडित भएका छन ।
कार्यक्रमका लुम्बिनी प्रदेश सभा सदस्य अमर डाँगीले वर्ष पुस्तक पुस्तकमात्र नभई मानव अधिकारका लागि निरन्तरको अभियान भएको बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक रुपान्तरणका लागि वर्ष पुस्तकले निरन्तर अभियानको रुपमा काम गरेको भन्दै निरन्तरताको कामना गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले कुनै बेला आफू पनि इन्सेक अभियानमा जोडिएको स्मरण गर्दै साँस्कृतिक रुपान्तरणमा वर्ष पुस्तकले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले न्यायिक प्रक्रियामा होस्टायल बढ्न थालेको भन्दै वर्ष पुस्तकले प्रमाण सङ्क्षणको काम गर्नुपर्ने बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ढकबहादुर रावतले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकाले यसमा प्रयोग गरिने अमुर्त भाषालाई सरल गर्न सुभाव दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर मोहनजंग बुढाथोकीले वर्ष पुस्तकले जिल्लाको मानव अधिकारको अवस्था झल्काएको र नागरिकको मानव अधिकारको रक्षा गर्न प्रहरीले जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
जिल्ला कारागारका जेलर विष्णुप्रसाद पाण्डेले मानव अधिकार उल्लङ्घनकर्ताहरूको मानव अधिकार सङरक्षण गर्ने ठाउँमा आफू रहेको भन्दै कैदी/बन्दीको मानव अधिकारप्रति जिम्मेवार रहेको बताउनुभयो ।
जिल्ला बारका उपाध्यक्ष मौसम आचार्यले सडक बालबालिका, बेवारिसे नागरिकहरूको स्वास्थ्य र खाद्य अधिकारको विषयलाई पनि वर्ष पुस्तकमा समेटन सुझाउनु भयो । अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुशीला पौडेलले वर्ष पुस्तकले सरोकारवालाहरूलाई खबरदारी गर्ने काम गरेको बताउनु भयो । नागरिक समाजका जिल्ला संयोजक केशवकुमार शर्मा, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, अधिकारकर्मीहरू बिमला योगी, सुष्मा गिरीलगायतले सुझाव दिनुभएको थियो ।
जयनारायण पुन
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…