नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  ०७६ पुस १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा चन्द्रनिगाहापुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस १० गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०१९ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ९० ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।

जसमध्ये बहुविवाहका ११ ओटा, दुव्र्यवहार/अभद्र व्यवहारका २१ ओटा, बलात्कारका २३ ओटा, अप्राकृतिक मैथुनको एउटा, हत्याका चार ओटा, बलात्कार प्रयासका नौ ओटा, कथित बोक्सी आरोपका तीन ओटा र बाल यौन दुर्व्यवहारका पाँच ओटा रहेको कुरा प्रतिवेदनमा प्रस्तुत भएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी कवित कटुवालले मानव अधिकारको सम्मान, सम्बद्र्धन र संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीलाई मार्गदर्शन गराउने, घच्घच्याउने काम नागरिकको हो । नागरिकले पनि मानव अधिकारको संरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने भावना राख्नु आवश्यक छ ।’

चन्द्रपुर नपाका महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बरालले एकद्वार प्रणालीबाट पीडितलाई न्याय दिलाउनु पर्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घ रौतहटका अध्यक्ष रामपुकार यादवले मानव अधिकार अधिकार उल्लङ्घन हुन नदिने सबैको दायित्व रहेको बताउनुभयो ।

कोपिला तिमल्सिना