नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

  ०७६ पुस ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ७ गते तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का सांसद तुलाराम घर्ती बसन्तले सम्बन्धित सबैले आआफ्नो जिम्मेवारी बुझेर काम गर्न सके मानव अधिकार उल्लङ्घन नहुने बताउनुभयो ।

सांसद घर्तीले मानिसले जब आफ्ना कर्तव्य र जिम्मेवारी बिर्सन्छ तब मानव अधिकार उल्लङ्घन हुने बताउँदै स्वच्छ समाज निर्माणका लागि मानव अधिकारको प्रत्याभूति घर घरमा हुनुपर्ने समेत उल्लेख गर्नुभयो ।

उहाँले दलित, बालबालिका र ज्येष्ठ नागरिकले अहिलेपनि पूर्ण मानव अधिकारको प्रत्याभूति गर्न नपाएको बताउँदै सरकारी तथा गैरसरकारी निकायहरूले यसतर्फ आफ्ना कार्यक्रमहरू अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले राज्यका हरेक निकायका व्यक्तिले मानव अधिकारको सङ्रक्षण गर्नुपर्नेमा जोड दिदैं गरिबी, अशिक्षा र आर्थिक रूपमा कमजोर मुलुकमा मानव अधिकारको विषय बढी उठ्ने गरेकाले बताउँदै सबैभन्दा महत्वपूर्ण पक्ष नै आर्थिक सवलीकरण भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मानवअधिकार वर्ष नेपालको मानव अधिकार अवस्थाको समग्र चित्रण भएको समेत बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय एसपी दिपेन्द्र जिसीले जनताको मानवअधिकारको रक्षाका लागि नेपाल प्रहरी जिम्मेवार पूर्वक लागेको बताउनुभयो । जिल्ला अदालत पाल्पाका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले पछिल्लो समयमा हिंसाका घटनाहरूमा महिलाहरू मात्र नभई पुरूषहरू पनि परेकाले यस तर्फ ध्यान दिन इन्सेकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले एक वर्षको अवधिमा पाल्पामा सङ्कलित घटनाहरू प्रस्तुत गर्नुभएको थियो । तिमिल्सिनाले एक वर्षको अवधिमा पाल्पामा बलात्कारका , यौन दुर्व्यवहारका आठ, घटना तीन, महिला बलात्कारका घटना आठ, गैर राज्य पक्षबाट हत्या दुई, राजनीतिक गिरफ्तारी, धम्की कुटपिट एक, तीन जातीय विभेदको एक, शिशु अपहरण एक, विष्फोटका दुई, घरेलु हिंसाका ६५ वटा गरि समेत गरि ९० वटा घटनाहरूका विवरण प्रस्तुत गर्नुभएको थियो ।

photo20191226palpa (1) photo20191226palpa (2) photo20191226palpa (3)

यज्ञमूर्ति तिमिल्सिना