नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

  ०७६ पुस २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डोल्पा जिल्लामा पुस १ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेकले सङ्कलन गरेको घटना अनुसार महिला बढी पीडित भएको पाइएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाले जिल्लामा सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका २१ ओटा घटना विवरण सहभागी माझ प्रस्तुत गर्नुभएको थियो ।

जसमा घरेलु हिंसासम्बन्धी नौ ओटा, बलात्कार तथा यौनजन्य घटनासम्बन्धी चारओटा, कुटपिटसम्बन्धी चारओटा र जातीय विभेद अन्तर्गत चारओटा घटना रहेका छन् ।

कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले अशिक्षा, चेतना र कानुनी ज्ञानको अभावका कारण महिला हिंसाका घटनाहरू बर्सेनी बढ्दो क्रममा रहेकोले मानव अधिकार शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख बुढाले घटना न्यूनीकरणका लागि जनचेतनात्मक कार्यक्रम गर्न नगरपालिका इन्सेकसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

Photo20191218Dolpa02

Photo20191218Dolpa03

विष्णुप्रसाद देवकोटा