नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  ०७६ मङ्सिर ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते सिमकोटमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति, हुम्लाका संयोजक दानबहादुर रावतले हुम्ला जिल्ला सडक सञ्जालले नछोएको जिल्ला भएकाले पनि घटनाहरू सङ्कलन गर्दा पनि समस्या हुने गरेको भएपनि इन्सेकले घटना सङकलन गर्ने कार्य गर्नु सरहानीय भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज विजय भण्डारीले गाउँ समाजमा मानव अधिकारको बारेमा जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो ।

गाउँ स्तरमा चेतना बढाउन सकिएमा मात्रै मानव अधिकार उल्लङ्घनमा कमी आउने भण्डारीको भनाइ थियो ।

घटना न्यूनिकरणका लागि सरोकारवाला निकाय र स्थानीय तहको भूमिका अमूल्य रहने पनि भण्डारीले बताउनुभयो ।

समाजवादी पार्टी, हुम्लाका जिल्ला इञ्चार्ज बलिराज शाहीले जिल्लाको विकटता हेर्ने हो भने एक जना प्रतिनिधिले सबै घटना समेट्न गा¥हो हुने बताउँदै इन्सेकले आगामी दिनमा आफ्नो सञ्जाल बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका न्यायिक समितिका संयोजकहरूले पनि सहभागी भएको भए अझै राम्रो हुने सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताउनुभयो ।

जिल्ला न्यायधिवक्ता उदयचन्द्र अधिकारीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना नियन्त्रण र न्यूनीकरणका लागि प्रहरी प्रशासनले पनि अग्रसर भएर लागि पर्नुपर्ने सुझाव दिनुभयो ।

मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य पुर्ण रावलले जिल्लाभर लुकेर रहेका मानव अधिकार हनन्का घटना नछुटाउनका लागि सजग बन्नुपर्ने र सोही अनुसार क्रियाशील बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर अमित विष्टले घटना कानुनी प्रक्रियामा नगई मिलापत्रमा टुङ्गिने क्रम गम्भीर भएको बताउँदै यसमा प्रहरी तथा प्रशासनको भुमिकाका बारेमा मानव अधिकारकर्मीले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

प्रकाशन पुर्व समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि नन्द सिंहले जिल्लामा जनवरी २०१९ देखि हालसम्म सङ्कलन गरिएका घटनाको विवरण प्रस्तुत गर्नुभएको थियो ।

धम्की र कुटपिटका १३ ओटा, स्वास्थ्य र शिक्षा अधिकारसम्बन्धी एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्वयवहारका दुई ओटा, हत्या प्रयासको एउटा, जातीय विभेद एउटा, कथित बोक्सीको आरोपसम्बन्धी एउटा, आर्थिक तथा सामाजिक अधिकारका दुई ओटा र घरेलु हिंसाका नौ ओटा गरेर ३० ओटा घटना सङ्कलन गरिएको प्रतिवेदनमा समेटिएको छ ।

m

m

m

m

m

नन्द सिंह