नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७६ असार २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा ललितपुरमा असार २५ गते सम्पन्न गरेको छ ।

Photo20190711Lalitpur (1)

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टिकाराम दाहालले सबैले सबै ठाउँमा अधिकारको उपभोगसँगै कर्तव्यको पालना गरे मात्र मानव अधिकारको संरक्षण हुने बताएका छन् । उनले मानव अधिकार खोजिरहँदा आफ्नो कर्तव्य पनि भुल्न नहुनेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका नेता रविन्स शर्माले सुत्केरी महिलाले परीक्षा दिइरहँदा बच्चाको स्तनपानको अधिकारलाई समेत ख्याल गरी आवश्यक व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।

Photo20190711Lalitpur (2)

इन्सेक प्रदेश ३ की सहायक प्रलेख अधिकृत ज्योति शर्माले नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन र प्राविधिक पक्षको बारेमा जानकारी दिँदै ललितपुरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढ्दो रूपमा रहेको बताइन् ।

Photo20190711Lalitpur (3)

उनले बलात्कारका घटनामा झनै बृद्धि देखिएको भन्दै इन्सेकमा अभिलेख हुन छुटेका घटनाहरूको जानकारी भएमा सरकारी निकाय, राजनीतिक दल र सचेत नागरिक समाजले सहयोग गर्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेले ललितपुरमा सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्मको ६ महिनाको अवधिमा बलात्कारका २८ ओटा, यौन दुर्व्यवहारका पाँच ओटा, हत्याका २१ ओटा, हत्या प्रयासका सात ओटा, बेचबिखन तथा ओसारपसारको एक र राज्य विरूद्धको अपराधमा चार ओटा गरी ६६ ओटा घटना अभिलेख गरिएको जानकारी दिए ।

Photo20190711Lalitpur (4)

ललितपुर जिल्ला अदालतका श्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बहुविवाहका नौ र सम्बन्ध बिच्छेदका २ सय ३८ गरी २ सय ४७ मुद्दा जिल्ला अदालतमा दर्ता भएको बताए ।

महानगरीय प्रहरी परिसर जावलाखेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज इन्स्पेक्टर शान्त्ता वाइवाले मानव अधिकार उल्लङ्घनको घटना हुन नदिन सबैभन्दा पहिले जनप्रतिनिधिहरूमा यसबारे सचेतना हुन आवश्यक रहेको बताइन् ।

Photo20190711Lalitpur (5)

उनले लिभिङ टुगेदरको परिपाटी बढेर लामो समय विवाह नगरी बस्दा लेनदेन लगायतका अन्य विषयहरूमा विवाद उत्पन्न हुँदा बलात्कारको उजुरी पर्ने गरेको पाइएको पनि बताइन् ।

कतिपय गम्भीर प्रकृतिका घटनामा पीडितले अदालतमा आत्मघाति बयान दिएर आरोपितलाई छुटकारा दिन सहयोग गर्ने प्रवृत्ति बढ्दै गएकोमा अधिकारकर्मीको ध्यानाकर्षण गराउँदै यसले मानव अधिकार उल्लङ्नका घटना बढाउन सहयोग गरेको इन्स्पेक्टर वाइवाले बताइन् ।

Photo20190711Lalitpur (6)

कार्यक्रममा अधिकारकर्मी रोशनी कार्माचार्यले ललितपुरमा मानव अधिकारको संरक्षणको अवस्था फितलो भएकाले त्यासमा ध्यान दिन सबै सारोकारवालालाई आग्रह गरिन् ।

गैरसरकारी संस्था महासङ्घ ललितपुरका सचिव लुनिभा चित्रकारले नयाँ कानुनको कार्यान्वयन सँगै अधिकार क्षेत्र बढेको उल्लेख गर्दै पीडितले न्याय खोज्दै जाँदा अधिकारकर्मीहरूको सहजीकरणको भूमिका पाइरहेको बताए ।

Photo20190711Lalitpur (7)

दलित महिला सङ्घ (फेडो) की प्रतिनिधि सीता रोक्का नेपालीले स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित भए पनि कामको जिम्मेवारी नभएकोप्रति सरोकारवालाको ध्यानाकर्षण गरिन् ।

मानव अधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले समाजमा सामाजिक सदभाव र एकताका लागि नैतिक शिक्षाको थप प्रभावकारितामा जोड दिनुपर्ने खाँचो औँल्याउँदै मानवीय कर्तव्य बिर्सँदा न्याय प्रणालीमा बेला बखत समस्या आउने गरेको बताए ।

दीपकप्रसाद घिमिरे