नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

  ०७६ असार २५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा तथा जिल्लाको ६ महिनाको मानव अधिकारको अवस्थाको बारेमा सरोकारवालाबिच छलफल भएको छ ।

Photo20190710Ramechhap (4)

असार २५ गते इन्सेक र मानव अधिकार संरक्षण सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले मानव अधिकार खोज्दा आफ्नो कर्तव्य पनि भुल्न नहुने बताए ।

उनले सबैले सबै ठाउँमा अधिकारको उपभोगसँगै कर्तव्य पालना गरे मानव अधिकारको संरक्षण हुने बताए ।

Photo20190710Ramechhap (3)

जिल्ला सकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता कृष्णप्रसाद बरालले मुलुकमा मानव अधिकारको घटना हुन नदिन सबैभन्दा पहिले जनप्रतिनिधिहरूमा यसबारे सचेतना हुन अत्यावश्यक रहेको बताए ।

उनले कतिपय गम्भीर घटनामा पीडितले अदालतमा आत्माघाति बयान दिएर आरोपितलाई छुटकारा दिन सहयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताए । यसले मानव अधिकार उल्लङ्नका घटना बढाउन सहयोग गरेको उनको भनाई छ ।

Photo20190710Ramechhap (2)

जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्रराज रेग्मीले मानवीय कर्तव्य बिर्सँदा न्याय प्रणालीमा बेला बखत समस्या आउने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले रामेछाप जिल्लामा अनुसन्धानका क्रममा आरोपितहरूमाथि कुनै पनि यातना नहुने दावी गरे ।

Photo20190710Ramechhap (1)

उनले प्रहरीमा मानव अधिकार हनन्‍का मुद्दाहरू आउने गरेका भएपनि बिचैमा मिलापत्र हुँदा प्रहरीलाई नै कमजोरी बनाउने काम भइरहेको बताए ।

कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०१९ को ६ महिनामा रामेछाप जिल्लामा इन्सेकले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरूका बारेमा जानकारी गराएका थिए ।

६ महिनामा इन्सेकमा १९ ओटा घटनाहरू अभिलेखिकरण भएको उनले बताए । जसमा बलात्कारका दुई, जातीय विभेदका दुई, धम्किको एक, आर्थिक अधिकारका दुई, शिशु हत्याका दुई, अपमानजनक व्यवहारका दुई, हत्याका दुई, बहुविवाहको दुई, कुटपिटका तीन ओटा लगायतका छन् ।

नवराज पथिक