नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७६ असार २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार २२ गते गरिएको छ ।

सन् २०१९ जनवारीदेखि  जुलाई ६ सम्म ६ महिनाको अवधिमा घटेका मानव अधिकार उललङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको हो ।

कार्यक्रममा इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीले बलात्कारका घटनाबाट  १६ जना, बलात्कार प्रयासका घटनामा दुई जना, बाल यौन दुर्व्यवहारका घटनामा दुई जना पीडित भएको बताइन् ।

यो अवधिमा अन्य पक्षबाट दई जनाको हत्या, बहुविवाहको घटनामा सात जना महिला पीडित भएको र अपराधिक घटनामा संलग्न रहेको अभियोगमा राज्य पक्षबाट तीन जना विप्लव समूहका कार्यकर्ता नियन्त्रणमा लिएको छ । यसैगरी घरेलु हिंसाबाट १ सय ८ जना महिलाहरू पीडित भएका छन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले अपराध न्यूनीकरण गर्न प्रहरीलाई समुदायको सहयोग आवश्यक रहेको बताए ।

गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले पछिल्लो समयमा अपराधका घटना बढ्दै गएको बताउँदै अझैपनि कतिपय घटनाहरू प्रहरीसम्म नआई लुकेर रहने भएकाले लुकेका घटना पनि खोज्नु पर्ने औँल्याए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले बस्ती बाक्लिँदै आएसँगै नयाँ अनुहार थपिँदै जाँदा अपराध पनि बढ्दै गएको बताए ।

मानव अधिकार सञ्जाल भक्तपुरका उपाध्यक्ष रमेश गिरीले राजनीतिक पहुँचका आधारमा पनि मानव अधिकार हनन्का घटना बढ्दै गएको बताउँदै कानुनी व्यवस्थालाई कार्यान्वयन गर्दै जान सके अपराध घटने बताए ।

photo20190707bhaktapur

सविना केसी