नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  ०७६ असार २० गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा विर्तामोडमा सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले विगत ६ महिनामा हत्याको पाँच ओटा, कथित बोक्सी आरोपको घटना एउटा, हत्या प्रयासका घटना तीन ओटा, बलात्कार तथा बलात्कार प्रयासका ५२ ओटा, मानव बेचबिखनका घटना ६ ओटा, बहुविवाहका दुई ओटा, हिरासतमा मृत्यु एउटा, राजनीतिक अधिकार अन्तर्गत गिरफ्तारीका घटना तीन ओटा, शिशु हत्याको एउटा गरी ७१ ओटा घटना सार्वजनिक गरिएको छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले इन्सेकले गरेको कार्य महत्वपूर्ण भएको भन्दै आगामी दिनमा मानव अधिकार उल्लङ्घन घटना हुनै नदिन के गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।

प्रजिअ दहालले गाउँघरमा हुने घटनाको जरोमा गएर अध्ययन गर्नु पर्नेमा जोड दिए । गाउँपालिका र नगरपालिकाले मानव अधिकार उल्लङ्घन हुनै नदिन रणनीति बनाएर जानुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणी सापकोटाले संविधानमा भएको मौलिक हकका विषय इन्सेकले समेट्दै जानुपर्ने बताए ।

राज्यसत्तामा निश्चित वर्गको हालीमुहाली भएको बहुसङ्ख्यक मुलधारभन्दा बाहिर रहेको विषय पनि मानव अधिकारमा समावेश गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी दिनेशराज मैनालीले मानव अधिकारको रक्षा गर्न झापाका जनतासँग हातमा हात मिलाएर काम गर्न चाहेको बताए । उनले इन्सेकले राखेको अभिलेखले प्रहरीलाई घटनाको प्रवृत्तिको बारेमा थप ज्ञान हासिल भएको बताए ।

photo20190705jhapa (1)

photo20190705jhapa (2)

नरेश खाती