नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७५ असार १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते प्यूठानमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार पुस्तक पीडित पक्षको महत्वपुर्ण दस्तावेज भएकाले यसलाई समाय अनुसार परिर्वतन गदै लैजान आवश्यक रहेको बताए ।

Photo20180624Pyuthan

जिल्ला प्रहरी कार्यलयका डिएसपी राजेन्द्र पोख्रेलले इन्सेकले सबैखाले घटनाहरूको अभिलेख राख्नु पर्ने बताए ।

समीक्षा कार्याक्रमा जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका २२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गरेका थिए ।

जसमध्ये घरेलु हिंसाका ११ वटा, बलात्कारका तीन वटा, बलात्कार प्रयासको एउटा, हत्या र मानव बेचबिखन तथा ओसारपसारको एक/एक तथा राज्यबाट गिरफ्तार तीन र सम्पति क्षतिका दुई वटा घटना रहेका छन् ।

रविन्द्र पाण्डे