नेपाल मानव अधिकार वर्षपुस्तक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानवअधिकार वर्षपुस्तक २०१७ को पूर्वसमीक्षा कार्यक्रम मङ्सिर २२ गते धनकुटामा सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्लामा भएका घटना मात्र नभएर गाउँ-गाउँमा भएका मानवअधिकार उलङ्घनका घटनालाई प्रतिवेदनमा समेट्न सुझाव दिए । उनले भने- "मानवअधिकार उलङ्घनका घटनाको विवरण सङ्कलनका क्रममा घटना हुनुको कारणलाई समेत विश्लेषण गरिनुपर्दछ ।"
नेपाल पत्रकार महासङ्घका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०१६ को जनवरीदेखि नोभेम्बर महिनासम्मका जिल्लामा भएका मानवअधिकार हनन् र ज्यादतीका ५२ वटा घटना सार्वजनिक गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सचिव विजयसन्तोषी राई, नेकपा एमालेका टंक चौहान, नेकपा माओवादी केन्द्रका तिलक राई, राप्रपाका बुद्धिकान्त घिमिरे, महिला तथा बालबालिका कार्यालयकी प्रमुख मञ्जु लोहनी, मानवअधिकारकर्मी विदुर सुवेदी, लगायतले प्रतिवेदनमाथि सुझाव राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविणलाल श्रेष्ठ, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपति दुर्गेश थापा, स्थानीय शान्ति समितिका संयोजक लालचन्द्र गोङ्वा, जिल्ला बार एशोसियसनका अध्यक्ष आनन्दसन्तोषी राई, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य सिद्धराज राई, कारागार कार्यालयका प्रमुख इश्वरी रेग्मी लगायतको सहभागिता रहेको थियो ।
सन्तोष रुचाल
संबंधित इन्सेक गतिविधिहरू
मिथिला नपामा १५ सदस्यीय मानव अधिकार समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजना तथा मिथिला नगरपालिको समन्वयमा मङ्सिर १९ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाअन्तर्गत सिताराम महतोको अध्यक्षतामा…
मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीहरूसँग मङ्सिर १९ गते धनगढीमा समन्वय बैठक सम्पन्न गरिएको छ । समन्वय बैठकमा इन्सेक सुदूरपश्चिम प्रदेश, धनगढीका…
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भमा बाल अधिकारसम्बन्धी अभिमुखीकरण
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भ पारेर इन्सेक रूपन्देही र सशक्तिकरण नेपालले कालिका मानव ज्ञान माध्यमिक विद्यालय कानुन सङ्कायका विद्यार्थीहरूका लागि मानव अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार र…
विवाहपञ्चमीको अवसरमा इन्सेकद्वारा पुस्तक स्टल
रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा मङ्सिर १५ गते इन्सेक प्रदेश २ कार्यालयले पुस्तक स्टल राख्दै मानव अधिकारसम्बन्धी जानकारीमुलक पर्चा, पम्पलेट प्रदर्शनी गरेको छ । इन्सेक प्रदेश २ कार्यालयलगायत विभिन्न…
स्थानीय न्यायिक समिति र राष्ट्रिय मानव अधिकार आयोगबिच समन्वय तथा सहकार्य विषयक अन्तरक्रिया सम्पन्न
औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीको आयोजनामा स्थानीय न्यायिक समिति र राष्ट्रिय मानव अधिकार आयोगबिच समन्वय तथा सहकार्य विषयक अन्तरक्रिया…