निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूको धारणा

  ०७७ असोज १६ गते

निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू धारणा राख्नु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलवस्तुको आयोजनामा असोज १५ गते  शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा  कार्यक्रममा  बोल्ने वक्ताहरूले उक्त धारणा राख्नु भएको हो ।

कार्यक्रममा प्रधानाध्यापक कुलराज भुसालले शिक्षाको अधिकार सम्बन्धी सबैधानिक व्यवस्था, विद्यामान शिक्षा निति र प्रावधान  कार्यान्वयनको अवस्था तथा बाणगङ्गा नगरपालिकामा शिक्षाको अवस्था विषयमा आधार पत्र प्रस्तुत गर्नु भएको थियो । आधारपत्रमा शिक्षा क्षेत्रमा देखिएका समस्या तथा कोभिड १९ ले पारेको समस्या र समाधानका उपायका बारेमा  उल्लेख गरिएको थियो ।

photo2020100201kapilbastu

बाणगङ्गा नपा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षाको  अधिकार अन्तरर्गत आधारभुत शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा निशुल्क भनिए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । राज्यले विद्यालयहरूलाई आवस्यक शिक्षक दरबन्दी तथा प्रशासनिक खर्च आवस्यकता अनुसार दिन सके मात्र निशुल्क शिक्षा कार्यान्वयन  हुने बताउनु भयो ।

युवा तथा खेलकुद शाखा अधिकृत खिम बहादुर जिसिले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने कुरामा जनप्रतिनिधिको ध्यान जान नसक्दा समस्या भएको बताउँदै जनप्रतिनिधिहरू छिटो उपलब्धी खोज्ने भएकोले विकास निमार्ण तर्फ केन्द्रित हुँदा शिक्षा क्षेत्रमा नगरपालिकामा चाहे जति बजेट विनियोजन गर्न नसकेको बताउनु भयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रमेश पन्थीले संघिय सरकारले माध्यमिक विद्यालयलाई स्थानीय तह अन्तरर्गत परिचालन र जिम्मेवारी दिए पनि स्थानीय तह असफल भएकाले माध्यमिक शिक्षा संघिय सरकार अन्तरर्गत सञ्चालन गर्ने व्यवस्था  मिलाउन आवस्यक रहेको बताउनु भयो ।

शिक्षक महासंघका जिल्ला अध्यक्ष दिना सुबेदीले  एउटै विद्यालयमा पढाउने शिक्षकहरूलाई दिने पारिश्रमिकमा विभेद भएको , शिक्षक नियुक्ति भर्नामा अनियमिता हुने गरेको निजि स्रोतमा राखिएका शिक्षकको पनि विद्यालयले रकम कट्टी गर्ने गरेको बताउनु भयो ।

पार्वती आचार्य