निगरानी समूहको पहलमा वादी बालिकाहरुलाई पाठयपुस्तक सहयोग

  ०७५ चैत ९ गते

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायको शिक्षा स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्र्तगत गठित मानव अधिकार निगरानी समूहको पहलमा वीरेन्द्रनगर नपा ११ झुप्राखोलाका वादी समुदायका बालिकाहरुलाई पाठ्यपुस्तक वितरण गरिएको छ ।

निगरानी समूहको पहलमा वीरेन्द्रनगर नपा र वीरेन्द्रनगर नपा नगर शिक्षा शाखाले एसइइ दिने पाँचजना बालिकाहरुलाई ०७५ चैत ८ गते पाठ्यपुस्तक वितरण गरिएको हो ।

वीरेन्द्रनगर नपा १२ स्थित अम्मरज्योति मावि नेवारेमा खुल्ला विद्यालयमा अध्ययनरत ती किशोरीहरुले हालसम्म पाठयपुस्तक नपाएको बारेमा निगरानी समुहले वीरेन्द्रनगर नगरपालिका र नगर शिक्षा शाखाको ध्यानाकर्षणपछि सो पाठयपुस्तक वितरण गरिएको निगरानी समूहकी सदस्य तारा वादीले बताइन् ।

एसइइ परीक्षाको मुखमा समेत विद्यालयले पाठयपुस्तक उपलब्ध नगराएपछि एसइइ परीक्षामा कसरी सहभागी हुने बारेमा आफु चिन्तित बनेको धनसरा वादीले बताइन् ।

तीनदशक अघिदेखि झुप्राखोलामा बसोबास गर्दै आएका वादी समुदायमा हालसम्म एकजना पनि एसइइ पास गरेका छैनन् ।
दुर्गा थापा